back
CTIZAN AD

यी हुन् कृष्ण श्रेष्ठ, जसले समाजवादी आदर्शको नमुना काम गरेका छन्

वि.सं.२०७७ पुस १९ आइतवार

1.1K 

shares

पौष १९, पर्वत । पर्वत जिल्लाको पैयुँक्षेत्रका समाजसेवी कृष्ण श्रेष्ठले समाजवादी आदर्शको समाजसेवामा उदाहरण थप्दै गएका छन् ।

स्थानीय हातेमालो चोकमा व्यवसाय गर्दै आएका सामाजिक र राजनैतिक पृष्ठभूमिका कृष्ण श्रेष्ठले आठ दिन अगाडी निधन भएका एक गन्धर्व परीवारलाई चार आना जग्गा प्रदान गर्ने घोषणा गरेका छन् ।

उनले यसअघि हुवास बहुमुखी क्याम्पसलाई १ रोपनी ७ आना, सहिद स्मृति भवनलाइ ३ आना र इलाका हुलाक कार्यालय हुवासलाई ३ आना गरी हातेमालेचोक नजिकको लाखौ पर्ने जग्गा प्रदान गरिसकेका छन् ।

पर्वत उद्योग वाणिज्य संघ उपशाखा पैयुँको अध्यक्ष समेत रहेका श्रेष्ठले पैयूँमा काले गाइने नामले चिनिने भीमबहादुर गन्धर्वका परीवारको बसाइका लागि निःशुल्क जग्गा प्रदानको घोषणा गरेका हुन् । यस अगाडि उनले मृत्यु भएका गन्धर्वको दाहासंस्कार खर्च समेत श्रेष्ठले दिएका थिए । समाजसेवी श्रेष्ठले भीमबहादुरका एक सुस्त मनस्थिति भएका छोरा र एक छोरीका लागि रोजगारी व्यवस्थाको प्रयास गर्ने समेत बताएका छन् ।

उनले यसअघि हुवास बहुमुखी क्याम्पसलाई १ रोपनी ७ आना, सहिद स्मृति भवनलाइ ३ आना र इलाका हुलाक कार्यालय हुवासलाई ३ आना गरी हातेमालेचोक नजिकको लाखौ पर्ने जग्गा प्रदान गरिसकेका छन् ।

पैयुका वरीष्ठ राजनीतिज्ञ तथा सामाजिक अभियन्ता उदयराज गौतमका अनुसार बिन्दास पाराको गाइने काललाई आफ्नो जातिय समूहमा मिसिएर बस्न मनले नमानेपछि पैयुँ हटियाले उसलाई साँच्चिकै मोहनी लगाएको थियो । पोखराको बाटुले चौरमा अवस्थित गाइने गाउँबाट होचिमिन्हको जस्तै पातलो लामो दाह्री पालेका बुढा घुम्दै गीत गाउँदै हिंड्ने क्रममा साथमा आफ्नो नातीलाई पनि संगै लिएर हिँडेने क्रममा २०२८ साल तिर पैयुँ हटियामा आइपुगेका थिए । उनको पारीवारीक बिचल्ली हुने सम्भावना देखेका गौतमले लेख नै लेखेर सबैको ध्यानाकर्षण गराएका थिए । कृष्ण श्रेष्ठको जग्गा घोषणासँगै जर्मनीमा रहेका समिर श्रेष्ठ, अमेरीकामा रहेका राजेन्द्र श्रेष्ठ तथा स्थानीय वडाअध्यक्ष महेन्द्र श्रेष्ठ लगायतले उनीहरुको ब्यबस्थापनमा थप सक्रियता देखाएका छन् ।

एउटा सर्वहाराको गुमनाम मृत्यु

दंभ, घमण्ड र अहंकार कहिल्यै नदेखाउने र भएसम्म बांडिचुडी गर्ने समाजवादी आदर्श बोकेका कृष्ण श्रेष्ठ शहिद कृष्ण गौतमका असली चेला पनि हुन । २५ हजारको सहयोग गरेर २५ लाखको धक्कु लगाउने तथा सामाजिक काममा पनि ब्यक्तिवादी अहंकारीता प्रदर्शन गर्नेहरुका लागी उनी पाठ बनीरहेका छन ।

वि.सं.२०७७ पुस १९ आइतवार १०:१५ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...