back
CTIZAN AD

संसदीय व्यवस्थाको विकल्प खोज्ने अवसर

वि.सं.२०७७ पुस १९ आइतवार

765 

shares

अरुलाई सडकमा जाँदा सराप्ने र खिसी टिउरे गर्ने दाहाल, नेपाल र खनालको बास आजकाल सडकमा भएको छ । अस्तिमात्र भन्दै थिए, राजनीतिक क्रान्ति पुरा भयो, अब केका लागि विप्लवले विद्रोह गर्ने ? क. पुष्पकमल दाहाल र माधव नेपालसँग प्रश्न गर्न मन छ, के अहिले तपाईँहरुले गरेको गतिविधि विद्रोह हैन ?

१. संसदीय व्यवस्था र नेतृत्वको असफलता

यहि मिति २०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटनको सिफारिस भई राष्ट्रपतिद्वारा अनुमोदन भईसकेको छ । संसद विघटन वा अविश्वासको प्रस्तावको सामना मात्र प्रधानमन्त्रीका दुई विकल्प थिए । संसदबाट बहुमत सिद्ध गर्ने विकल्प प्रधानमन्त्री ओलीका लागि असम्भव प्रायः थियो । सबैलाई थाहा छ, सरकारी नेकपामा ओली विरोधी मोर्चा बलियो बनेको थियो । त्यहाँभित्रको संघर्ष पेचिलो र शत्रुतापूर्णं थियो । दुवै गुटमा फासीवादी चरित्र हाबी बनेको थियो । दाहाल–नेपाल समुह ओलीविरुद्व अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा थियो । लडाईँ कसले पार्टी र सरकार हत्याउने भन्नेमा केन्द्रित थियो । धेरैको अनुमान थियो कि, कतै यो लडाईँ कोत पर्व र भण्डारखाल पर्वको पुनरावृत्ति नबनोस् । सबैलाई थाहा छ, लडाईँको केन्द्र नत विचार थियो, नत राष्ट्रियता वा जनजीविका । नत लडाईँको केन्द्र पार्टीको हित नै थियो । लडाईँको केन्द्रमा सत्ता थियो र भागवण्डा थियो । अमुक नेतृत्वको सत्ता उन्माद पुरा गर्नका लागि पार्टीलाई बलि चढाईयो । हेर्दा हेर्दै पार्टी दुई टुक्रा बन्यो । एउटा सरकारी र अर्को सडक नेकपामा परिणत भयो । एउटा समुह सरकारमा र अर्को समुह सडकमा पुग्यो ।

अरुलाई सडकमा जाँदा सराप्ने र खिसी टिउरे गर्ने दाहाल, नेपाल र खनालको बास आजकाल सडकमा भएको छ । अस्तिमात्र भन्दै थिए, राजनीतिक क्रान्ति पुरा भयो, अब केका लागि विप्लवले विद्रोह गर्ने ? क. पुष्पकमल दाहाल र माधव नेपालसँग प्रश्न गर्न मन छ, के अहिले तपाईँहरुले गरेको विद्रोह हैन ?

हामीले भोग्दै आएको कुरा हो कि संसद विघटन संसदीय व्यवस्थाको एउटा खराब हतियार हो । सत्तामा हुनेले ‘कु’ गर्ने वा संसद विघटन गरी नयाँ चुनावको घोषणा गर्ने अनि सत्ता बाहिर हुनेले संसद पुनर्स्थापनाकाे माग गरी सडक संघर्ष गर्ने यो चाहीँ कुन नयाँ घटना भयो र ? ओली र दाहाल समुहबीचको रत्यौली आजकल मनोरञ्जनका विषय बनेका छन् । नेपाली राजनीतिको अश्लिल चरीत्र आज सर्वत्र उदाङ्गो भएको छ । संसदीय नेतृत्वको भद्रता र शालिनता अहिले निचता र निष्कृष्टतामा परिणत भएको छ ।

१.१ पार्टी विभाजनको तहमा पुग्नु हुँदैनथ्यो

उनीहरुकै स्वार्थलाई केन्द्रमा राखेर हेर्ने हो भने पार्टी नै विभाजन गर्ने कुरा आत्मघाती बाटो थियो । बाँडीचुँडी खाएको भए उनीहरुकै कल्याण हुन्थ्यो । नपाउनले केही समय धैर्यता गरेको भए वेश हुन्थ्यो । हुन त जनताको लागि न त उनीहरुको एकता उत्साहप्रद थियो नत विभाजन नै दुःखद छ । हिजो ओली र दाहालको गठबन्धन वा एकता पनि रोमाञ्चकारी थियो र आज उनीहरुको विभाजन पनि । वास्तवमा उनीहरुकै स्वार्थको रक्षाका लागि जसरी पनि पार्टी विभाजनबाट टार्नु भने हितकर थियो । यसपटक मध्यमार्गीहरु प्रभावकारी देखिएनन् किनकी त्यहाँ दुवै तिर भ्रम थियो । एकातिर पार्टीको बहुमत हुनासाथ सबै कब्जा हुन्छ भन्ने भ्रम र अर्कोतिर सत्ता हुनासाथ सबै हुन्छ भन्ने भ्रम ।

१.२ संसद विघटनमा जानु हुँदैन्थ्यो

बहुमत प्राप्त दलको विभाजन र संसद विघटन योभन्दा अलोकप्रिय के हुन्छ ? यो इतिहासको कलंक थियो । जुन निषेधको राजनीतिले निम्त्याएको घटना हो । विरोधी वा प्रतिबन्धीलाई सिध्याउने फासीवादी प्रवृत्तिको विकासले यस्तो भएको थियो । सबैलाई थाहा थियो, प्रधानमन्त्री केपी ओलीले सहजै हार स्वीकारदैनन् र जित्नका लागि जस्तोसुकै अस्त्र प्रयोग गर्दछन् । बुद्धिमता के हुन्थ्यो भने दाहाल–नेपाल समुहले पनि ओलीलाई पूर्णनिषेधको बाटो अंगिकार गर्नु हुँदैन्थ्यो । अर्थात् अविश्वासको प्रस्तावको विकल्पमा जानु हुँदैन्थ्यो ।

२. संसद विघटन पछिका क्रियाप्रतिक्रियाहरुको विश्लेषण

संसद विघटन पछि कसले के प्रतिक्रिया जनाउँला भन्ने कुरा महत्वपूर्ण थियो । अधिकांश संसदीय पार्टीहरु संसद विघटनको विपक्षमा उभिए । दाहाल–नेपाल समुह सडकमा जानु र आक्रोश व्यक्त गर्नु स्वभाविक थियो । सुरुमा कांग्रेस पनि सडकमा गयो । संसदमा भएका प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, जनता समाजवादी पार्टीहरुले संसद विघटनलाई असंवैधानिक कदम भने । अहिले यो मुद्दा सर्वौच्च अदालतमा विचाराधिन छ । सबै संसदीय पार्टीले सर्वौच्च अदालतको फैसलालाई शिरोधार्य गर्नुको विकल्प छैन ।

२.१. नेपाली कांग्रेसका लागि स्वागत योग्य घटना थियो

अघिल्लो संसदीय निर्वाचनमा हारेर सानो भएको नेपाली कांग्रेसका लागि संसद विघटनको घटना वास्तवमा राजनीतिक उत्सवको विषय थियो । मान्छेहरु प्रश्न गर्छन्, नेपाली कांग्रेस केका लागि संसद पुनस्र्थापनाको माग गर्दैछ ? बरु कांग्रेसले निष्पक्ष चुनावका लागि सर्वदलीय सरकारको नारा लगाउनु बुद्धिमतापूर्णं हुन्थ्यो । त्यस्तै प्रतिक्रिया जनता समाजवादी पार्टीको पनि छ । यहाँसम्म कि संसदमा उपस्थिति नै नभएका विवेकशील साझा पार्टीले समेत पुर्नस्र्थापनाको माग गर्नु अनौठो विषय छ । अब त संसद पुर्नस्थापना वा यथास्थितिको चुनावको बहसमा पनि विदेशीहरुको स्वार्थ जुधेको देखिन्छ ।

दुई तिहाईको बहुमत ल्याएको सरकार पनि ५ वर्ष टिक्न नसक्नुको कारण के हो ? कसैले दोष जति ओलीलाई हालिएका छन् त कसैले दाहाललाई । कसैको पनि बहुमत नआउँदा जे भईरहन्थ्यो, त्यहि दोहोरियो । क. विप्लवको संश्लेषण सही छ – संसदीय व्यवस्थाको असफलताको हो । कतिपय संसदवादी विश्लेषकले भनेका छन् – यो व्यवस्थाको हैन नेतृत्वको असफलता हो । 

३. संसदीय व्यवस्थाको विकल्प खोज्ने अवसर

दुई तिहाईको बहुमत ल्याएको सरकार पनि ५ वर्ष टिक्न नसक्नुको कारण के हो ? कसैले दोष जति ओलीलाई हालिएका छन् त कसैले दाहाललाई । कसैको पनि बहुमत नआउँदा जे भईरहन्थ्यो, त्यहि दोहोरियो । क. विप्लवको संश्लेषण सही छ – संसदीय व्यवस्थाको असफलताको हो । कतिपय संसदवादी विश्लेषकले भनेका छन् – यो व्यवस्थाको हैन नेतृत्वको असफलता हो । ल नेतृत्वकै मात्र असफलता हो भने पनि विकल्प के त ? अब अरु देशबाट नेताहरु भाडामा ल्याउन त सकिँदैन । संसदीय व्यवस्था कायम रहँदासम्म आउने त उही नेतृत्व, उनै दल र उही दृष्टिकोण हो । त्यसकारण नयाँ क्षमतावान, ईमान्दार र निष्ठावान नेतृत्व संसद बाहिर छ । संसद बाहिर रहेको प्रतिभा र क्षमतालाई राष्ट्रको हितमा प्रयोग गर्ने विकल्पको खोजी गर्नुपर्छ ।

३.१. संसदीय व्यवस्थाकै हुबहु पुनरावृत्ति हुनु राष्ट्रका लागि धोका थियो

क. विप्लवको संश्लेषण थियो – गणतन्त्रका नाममा संसदीय व्यवस्थाकै हुबहु पुनरावृत्ति गरिनु देशका लागि ठूलो धोका र गद्धारी थियो । यसका मुख्य दोषी प्रचण्ड र बाबुराम थिए । किनकी उनीहरुले यही व्यवस्थाका लागि ल्याप्चे लगाएका थिए । आजको जस्तो गणतन्त्र र संघीयता कुनै अग्रगामी वा प्रगतिशील कदम थिएन । यस्तो फोहोरी र छद्मभेषी गणतन्त्र वा संघीयताको बचाउ वा रक्षा गर्नुपर्ने जरुरी छैन । गणतन्त्रको नाममा संसदीय व्यवस्थाको पुनरावृत्ति भएको सार पक्षलाई नदेख्ने कमजोरी गर्नु हुँदैन् ।

३.२ यथास्थितिमा हुने चुनाव वा संसद पुनस्र्थापना दुवै प्रतिगामी कदम

वास्तवमा राजनीतिक स्थिरता, राष्ट्रिय स्वार्थ वा अग्रगामी दृष्टिकोणले हेर्ने हो भने यथास्थितिमा हुने चुनाव वा संसद पुनस्र्थापना दुवै आत्मघाती छन् । दुवै विकल्पले देशमा राजनीति अस्थिरता र महासंकटहरुलाई आमन्त्रण गर्दछन् । संसद पुनस्र्थापना भए अबको संसद बैठकभित्रै कुटाकुट र रक्तपात हुने खतरा छ । त्यसकारण अब पछाडि फर्किने गल्ती गर्नु हुँदैन । यथास्थितिमा हुने चुनावले देशलाई थप गृहयुद्धमा धकेल्दछ । चुनाव पछि हुने पनि फेरि यही हो जुन हामीले सुरुदेखि देखेकै छौं । त्यसकारण अहिले देखिएका दुवै संसदीय विकल्पहरु प्रतिगामी र राष्ट्रघाती कदमहरु हुन् ।

वास्तवमा पछिल्लो राजनीतिक घटनाक्रमले देशलाई नै गम्भिर संकटमा पुर्याएको छ । देशलाई कता लैजान भन्ने बहसले सबैलाई तरंगीत बनाएको छ । प्रश्न एउटै छ, के फेरि पनि संसदीय व्यवस्थाकै निरन्तरता तिर जान सकिन्छ ? अब पनि संसदीय विकल्पको बाटो रोज्न अर्को दुश्शाहस हुनेछ ।

३.३. राष्ट्रिय संकटको घोषणा गरौं

वास्तवमा पछिल्लो राजनीतिक घटनाक्रमले देशलाई नै गम्भिर संकटमा पुर्याएको छ । देशलाई कता लैजान भन्ने बहसले सबैलाई तरंगीत बनाएको छ । प्रश्न एउटै छ, के फेरि पनि संसदीय व्यवस्थाकै निरन्तरता तिर जान सकिन्छ ? अब पनि संसदीय विकल्पको बाटो रोज्न अर्को दुश्शाहस हुनेछ । यदि अझै पनि संसदभित्र वा बाहिर राष्ट्रवादी नेताहरु छन् भने उनीहरु एक भएर स्वतन्त्र ढंगले विचार मन्थन गर्न जरुरी छ । वास्तवमा अहिलेको अवस्थालाई राष्ट्रिय संकटको रुपमा महशुस गरेर नयाँ विकल्पका बारेमा बहस गर्नु अनिवार्य बनेको छ । अब यथास्थितिमा देश रहन सक्दैन । वास्तवमा कम्युनिष्टहरुलाई फुटाउने विदेशीहरुको चाहना पुरा भएको छ । कम्युनिष्टहरुको बदनाम गर्ने योजना सफल भएको छ । त्यसकारण इतिहास र वर्तमानबाट पाठ सिक्नु पर्ने भएको छ । अझै पनि देशलाई केन्द्रमा राखेर सोंच्ने हो भने फेरी पनि सबै मिलेर नयाँ ठाउँमा जाने निर्णय गर्नुपर्दछ । अबको निकासको लागि खासगरी संसद बाहिरका शक्तिहरुलाई ध्यान दिनुपर्दछ ।

४. संसदीय व्यवस्थाका विकल्पहरु

वास्तवमा पछिल्लो संसद विघटन पछि संसदीय व्यवस्थाको विकल्पका बारेमा नै सबैभन्दा धेरै बहसहरु भएका छन् । आम नागरिकको निष्कर्ष छ – संसदको अस्तित्व समाप्त भएको छ । सबै राष्ट्रवादी शक्तिहरुको एउटै निष्कर्ष छ, संसदीय व्यवस्थाको विकल्प खोज्न ढिला नगरौं । संसदीय व्यवस्थाको विकल्पहरु के हुन त ? आजको नेपाली राजनीतिक विकल्पहरु निम्न देखिएका छन् :

४.१ क्रान्तिकारी विकल्प

सुरुदेखि नै संसदीय व्यवस्थाप्रति असहमती राख्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको विकल्प हो – क्रान्तिकारी, प्रगतिशील, राष्ट्रवादी र सच्चा लोकतन्त्रवादी शक्तिहरुको धु्रवीकरणबाट ल्याउने वैज्ञानिक समाजवाद । विप्लवको शब्दमा वैज्ञानिक समाजवाद नै अबको एकमात्र विकल्प हो । दोस्रो विकल्पका रुपमा मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी)को संघीय जनगणतन्त्र । पछिल्लो पटक चार पार्टीहरु विप्लव, किरण, ऋषि कट्टेल र आहुतीबीचको संयुक्त मोर्चाद्धारा प्रस्तावित विकल्प छ – वैज्ञानिक समाजवाद/संघीय जनगणतन्त्र । त्यसकारण क्रान्तिकारी विकल्पका रुपमा वैज्ञानिक समाजवादी नै सर्वोत्तम विकल्प हुनेछ ।

४.२. सुधारिएको संसदवादी विकल्प

आफुँलाई लोकतन्त्रवादी भन्ने संसदवादीहरुको तर्फबाट पनि विकल्प पेश गरिनेछ । उनीहरुको विकल्प हुनेछ – प्रत्यक्ष निर्वाचित वा कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिसहितको संसदीय व्यवस्था । दुई तिहाई बहुमत ल्याउँदा पनि ५ वर्ष सरकारमा टिक्न नसक्ने संसदीय व्यवस्थाविरुद्धको जनआक्रोशलाई मत्थर पार्ने हिसाबले यो विकल्प पनि चर्चामा छ । सुरुदेखि नै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको विषयमा बहसहरु भएका थिए । बाबुराम भट्टराई र पुष्पकमल दाहाल यस्तो प्रणालीको बहस गर्नेमा थिए । अहिले बेला आएको छ तर, उनीहरुको ध्यान संसद पुनस्र्थापनातिर छ । केपी ओली प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको विपक्षमा थिए र आज पनि उनी नै यो व्यवस्थाका शिकार बनेका छन् ।

४.३. प्रतिगामी विकल्प

संसदीय व्यवस्थाको विकल्पमा राजतन्त्रको पूनस्र्थापना गर्ने यसको पहिलो विकल्प छ । हिन्दु राष्ट्रको स्थापना दोस्रो विकल्प छ । सैनिक शासन तेस्रो विकल्प रहेको छ । राजा आऊ, देश बचाऊ भन्ने नाराहरु व्यापक रुपमा लाग्ने गरेका छन् । हिन्दु राज्यको पक्षमा नेपाली कांग्रेस पछि उभिने सम्भावना प्रबल छ । संसदीय चुनावमा बहुमत प्राप्त गरेर हिन्दु राज्यको घोषणा गर्न सकिन्छ भन्ने मत कांग्रेसभित्र छ ।

अहिलेका विद्यमान राजनीतिक अन्तरविरोधहरु र संकटहरुको हल गर्ने वैज्ञानिक विधिको बारेमा बहस गर्नु जरुरी छ । त्यसकारण अब हाम्रो ध्यान संकटमाथि संकट थोपर्ने तिर हैन संकटहरुको एकमुष्ट हल गर्ने विधि तर्फ हुनुपर्दछ । विदेशीहरुको ईशारा वा संकेतहरुको आधारमा हैन स्वतन्त्र ढंगले आफ्ना पहलकदमीहरुलाई बढाउनु पर्ने अवस्था छ ।

५. संकटको समाधान गर्ने विकल्प रोजौं

संसदीय व्यवस्थाकै निरन्तरता भनेको संकटबाट झन् ठूलो संकटमा लैजाने विकल्प हो । खाली राष्ट्रिय संकटका यात्राहरु कतिञ्जेल तय गर्ने ? यो चिन्तनले मुलुकलाई नै तहस नहस पारिसकेको छ । वैदेशिक हस्तक्षेपको मुख्य कारक पनि संसदीय व्यवस्था बन्यो । मुलुकको भ्रष्टाचार, विकृति र विसंगतीको मुख्य कारक पनि संसदीय व्यवस्था बन्यो । गणतन्त्र त आज लुटतन्त्रमा परिणत भएको छ । जनताले यही भ्रष्टतन्त्र वा लुटतन्त्रलाई स्वीकार गर्ने प्रश्न नै उठ्दैन । त्यसकारण अहिलेका विद्यमान राजनीतिक अन्तरविरोधहरु र संकटहरुको हल गर्ने वैज्ञानिक विधिको बारेमा बहस गर्नु जरुरी छ । त्यसकारण अब हाम्रो ध्यान संकटमाथि संकट थोपर्ने तिर हैन संकटहरुको एकमुष्ट हल गर्ने विधि तर्फ हुनुपर्दछ । विदेशीहरुको ईशारा वा संकेतहरुको आधारमा हैन स्वतन्त्र ढंगले आफ्ना पहलकदमीहरुलाई बढाउनु पर्ने अवस्था छ ।

त्यसो हो भने किन दाहाल र नेपालले संसद पुनस्र्थापनाको माग गरेर सडकमा आन्दोलन गर्ने ? किन ओलीले फेरि संसदकै चुनावको वकालत गर्ने ? सबैलाई थाहा छ, संसद विघटन र संसद पुनस्र्थापनाको उद्देश्य के हो ? उद्देश्य व्यक्तिगत सत्तालिप्सा हैन र ? ओली र दाहालको सत्ता संघर्षको चपेटाबाट निस्किएको राजनीतिक संकट हैन र ? त्यसकारण आन्दोलन गर्ने हो भने अब देशका लागि गरौं । संसदको पुनस्र्थापनाका लागि हैन । आन्दोलन गर्ने हो भने श्रमजीवि वर्गका लागि गरौं, दलाल पुँजीपति वर्गका लागि हैन । आन्दोलन गर्ने हो भने भ्रष्टाचारको अन्त्यका लागि गरौं । फेरि आन्दोलनको केन्द्र देश र जनता हो भने किन एक्लै एक्लै सडकमा जानु पर्यो, सबै मिलेर जाने विकल्प खोजौं । पुरानै संसद ब्यूँतिएर प्रधानमन्त्री र मन्त्री बन्ने र्याल गन्थ्रीलाई नियन्त्रण गरौं । अब फेरि एकचोटी समाजवादको यात्रा तय गरौं ।

वि.सं.२०७७ पुस १९ आइतवार ११:३८ मा प्रकाशित

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

हाल सरकारले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन...

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

१.पृष्ठभूमि आधुनिक सामाजिक विज्ञानले देखाउँछ कि मानिसको आचरण, धर्मीय दृष्टिकोण...

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

नेपालीहरूको एउटा अनौठो स्वभाव छ। कसैले राम्रो काम गर्न खोज्यो...

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...