back
CTIZAN AD

पोचेटिनो पीएसजीकाे प्रशिक्षक नियुक्त

वि.सं.२०७७ पुस १९ आइतवार

666 

shares

१९ पुस, काठमाडौं । पीएसजीले आफ्नो नयाँ प्रशिक्षकको रुपमा टोटनहमका पूर्वप्रशिक्षक माउरिसिओ पोचेटिनोलाई नियुक्त गरेको छ । पोचेटिनो पीएसजीका पूर्वखेलाडी समेत हुन् ।

लिग वान च्याम्पियन पीएसजीले आफ्नो च्याम्पियनस् लिग जीत्ने सपना पुरा गर्नको लागि ठुलाे लगानी गर्दै आएको छ । थोमस टुचेललाई बर्खास्त गरि टोटनहामका पूर्व प्रशिक्षक पोचेटिनोलाई क्लबमा अनुबन्ध गरेको पीएसजीले लिग वान सहित च्याम्पियनस् लिगलाई प्रमुख प्राथमिकता दिएको छ ।

सन् २०१९ नोभेम्बरमा टोटनहमले बर्खास्त गरेपछि लामो समयकुनै पनि क्लबमा अनुबन्ध नभएका पोचेटिनोको नाम यसअघि युभेन्टस, रियल मड्रिड जस्ता क्लबको प्रशिक्षक बन्नेमा कुरा चलेको थियो । तर, ४८ वर्षीय अर्जेन्टाइन पोचेटिनोलाई पीयसजीले आफ्नो नयाँ प्रशिक्षकको रुपमा निउक्त गरेको छ । उनले सन् २००१ देखि २००३ सम्म पीएसजीका लागि खेलेका थिए ।

लिग वानमा हाल पीएसजी तेस्रो स्थानमा छभने युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस जाएन्ट बार्सिलोनासँग अन्तिम १६ मा खेल्दै छ । यी दुबै लिगमा जित हासिल गर्ने जिम्मेवारी अब पोचेटिनोको काधमा आएको छ ।

वि.सं.२०७७ पुस १९ आइतवार ११:४९ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...