back
CTIZAN AD

विशङ्खुनारायणको महास्नान सोमबार गरिँदै

वि.सं.२०७७ पुस १९ आइतवार

525 

shares

१९ पुष, ललितपुर । मुलुकमा नाम चलेका चार नारायणमध्येका एक विशङ्खुनारायणको भोलि महास्नान हुँदैछ । गोदावरी नगरपालिका–२ मा अवस्थित सो नारायण मन्दिरमा हरेक वर्ष हरिबोधिनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्छ ।

हरेक वर्ष पुष कृष्ण षष्ठीका दिन नारायणको महास्नान गरिने चलनअनुसार भोलि सो कार्य गर्ने तयारी गरिरहेको विशङ्खुनारायण पूजा व्यवस्थापन समितिका सचिव दिवाकर सुवेदीले बताए ।

उनले भने, “हामीले नारायणको प्राकृतिक शिलाको मूर्तिलाई चाँदीको गरगहना लगाइदिएर पञ्चामृत, गाईको दूध र जलले महास्नान गर्नुका साथै नारायणलाई छोपेर राखेको तामाको जलधारीसमेत वर्षमा एकपटक झिकेर सफा गछौँ ।”

सोमबार नारायणको महास्नान गर्दा नारायणका दशावतारको पूजा तथा त्यहाँ नजिकै रहेका महादेवको रुद्री र विष्णु सहस्त्रनाम स्तोत्र पाठसमेत गरिने सुवेदीले जानकारी गराए ।

स्थानीय सुवेदी परिवारले विशङ्खुनारायणलाई इष्ट देवताको रूपमा पुज्ने गर्छन् । विशङ्खुनारायणको नित्य पूजा हालसम्म कहिले पनि नरोकिएको र त्यहाँका पुजारी परिवारलाई जुठो र सुत्केरो पर्दा अन्य थरका ब्राह्मण बोलाएर गरिने गरिएको विशङ्खुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र विष्टले बताए ।

उनले भने, “महास्नानका दिन प्रत्येक सुवेदी परिवारका घरबाट आवश्यक पूजा सामग्रीका साथै सुकेको सिङ्गो नरिवल ल्याएर भगवानलाई चढाइन्छ ।”

नेपालका प्रख्यात चार नारायणमध्ये विशङ्खुनारायणलाई माइला नारायणका रूपमा पुजिने गरिएको समितिका सल्लाहकार पुरुषोतम विष्टले बताए । उनले भने, “हिन्दू धर्मावलम्बीले भक्तपुरको चाँगुनारायणलाई जेठो नारायण, काठमाडाँै दक्षिणकालीमा रहेका शेषनारायणलाई साहिँला नारायण र इचङ्गुनारायणलाई कान्छो नारायणका रूपमा पुज्ने गरेका छन् ।”

यस वर्ष हरिबोधिनी एकादशीको दिनमा मुलुकमा देखिएको कोरोना महामारीका कारण मन्दिर प्रवेश गर्ने ठाउँ साँघुरो रहँदा भत्तजनको भीडभाडले कोभिड फैलिने सम्भावनालाई मध्यनजर गरी मेला स्थगन गरिएको थियो ।

हरिबोधिनी अर्थात् ठूलो एकादशीको दिनदेखि भगवान नारायण जलबाट उठ्ने हुँदा कात्तिक महिनाभर हिन्दू धर्मावलम्बीले चार नारायणको दर्शन गर्ने परम्परा नेपालमा रहिआएको छ ।

सो मन्दिर जमिन सतहबाट एक हजार ५०० मिटर उचाइमा रहनुका साथै लगनखेलबाट १० किलोमिटर टाढा पर्छ । सदियाँै वर्षदेखि नारायण मन्दिरमा भगवान् बिहान पूजासँगै साँझ आरती गर्दा प्रिय बाजा नगरा बजाउने चलन चल्दै आएको छ ।

प्रत्येक ठूलो एकादशीको दिन तुलसीसँग भगवान् विष्णुको विवाह हुने भएकाले धुनवेशी, बनेपा, धुलिखेल, मकवानपुर, हेटाँैडा, धादिङ, नुवाकोट, काभ्रेलगायतका स्थानबाट भाडामा सवारी साधन लिएर दर्शन गर्न भक्तजन विशङ्ख आउने गर्छन् ।

विशङ्खुनारायण मेलामा एकदेखि डेढ लाख मानिस आउने भएकाले विशेषगरी उखु, खुवा, पिँडालु, बदाम, वन तरुल, सखरखण्डलगायत स्थानीय बारीमा उत्पादन भएका तरकारी अनि फलफूल खुबै बिक्री वितरण हुने गरेको स्थानीयवासीकोे भनाइ छ ।

विशङ्खुनारायणथानको ककारोभित्र शालिग्राम पनि राखेर पूजाआजा गर्ने गरिन्छ । सो क्षेत्रमा भगवान् नारायणसँगै लक्ष्मीनारायणको पाइला, हनुमान, गणेश रहनुका साथै पाप र धर्मद्वारको नामले परिचित एक गुफासमेत रहेको छ ।

सिलवाल र विष्टको बाहुल्य रहेको विशङ्खुनारायणथानमा लगभग छ हजार ८०० जनसङ्ख्या रहनुका साथै झण्डै एक हजार २०० घरधुरी रहेका छन् ।

भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामकरण भएको स्थानीयवासी ८५ वर्षीय गोविन्द विष्टले जानकारी गराए । उनले भने, “यो मन्दिर बह्मा, विष्णु र महेश्वरको पालादेखि सृष्टि भएको हो ।”

नरायण दर्शन गर्न देशभरका मानिस विशङ्खु आउँछन् । प्रत्येक वर्ष कात्तिक १ देखि मङ्सिर पूर्णिमासम्म नारायण मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।

शनिबार र सार्वजनिक बिदाका दिन विशङ्खु घुम्ने, दर्शन गर्ने र वनभोज खाने मानिसको निकै चहलपहल हुने गरेको समितिले जनाएको छ । सो नारायणको दर्शन गर्न मन्दिरको ९३ सिँढी चढेर माथि चढ्नुपर्ने हुन्छ ।
रासस

वि.सं.२०७७ पुस १९ आइतवार ११:५३ मा प्रकाशित

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...