१५ पुस, काठमाडौं । युभेन्टस तथा पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले विश्वकप जित्नु आफ्नो समना रहेको बताएका छन् । ३५ वर्षिय रोनाल्डो अझै केहि वर्ष आफ्नो हालको फर्म कायमनै राख्दै समर्थकहरु माझ खेल प्रस्तुत गर्न चाहन्छन् ।
उनले आफ्नो खेल जिवनमा धेरै कीर्तिमानीहरु बनाएका छन् । उनले स्पोर्टीङ , म्यान्चेष्ट यूनाईटेड, रियल म्याड्रिड र हाल युभेन्टसका लागि खेल्दै ६५० भन्दा बढी गोलगरेका छनभने पोर्चुगलका लागि १०२ गोल गर्दै युरोपियन खेलाडीहरुमा आफ्नो देशका लागि सबैभन्दा बढी गाेल गर्ने खेलाडीको कीत्तिमानी समेत बनाएका छन् । आफ्नो सुधारीएको प्रदर्शन प्रस्तुत गर्दै आएका उनीमा अझैपनि खेलजिवन बाट सन्यास लिने कुनै संकेत देखिदैन ।
युभेन्टस र सिरी ए मा यो सिजन सबैभन्दा बढी गोल गर्नेको शीर्ष स्थानमा रहेका रोनाल्डो क्लबका लागि यो सिजन युरोपियन च्याम्पियनस लिगको उपाधि दिलाउन चाहान्छन् । योसँगै उनी २०२२ मा कतारमा हुन गइरहेको विश्वकप पोर्चुगलको लागि दिलाउदै आफ्नो अन्तिप इच्छा परा गर्न चाहान्छन् ।

उनले दुबइमा डिसेम्बर २७ मा सम्पन्न भएको ग्लोब सकर अवार्डमा ‘ प्लेयर अफ द सेन्चुरी ’ अर्वाड पाएका थिए । उक्त अवार्ड लिनेक्रममा उनले २०२० दर्शकविना खेल्नुपर्दा राम्रो नलागेकाे समेत बताएका थिए । उनले भने, ‘मलाई दर्शकविना स्टेडियममा खेल्न मन पर्दैन । यो सर्कस जस्तै हुन्छ तर तपाईं जोकर देख्नुहुन्न,’ रोनाल्डोले भने, मलाई आशा छ कि चाँडै उनीहरूले स्टेडियमको ढोका खोल्न सक्नेछन् । हामीले यससँगै बाँच्नु पर्छ, हामीले सामान्य जीवनको लागि प्रयास गर्नुपर्दछ तर निस्सन्देह हामीले नियमहरूको सम्मान गर्नुपर्दछ । तर फ्यानहरु बिना खेल्नु, मलाई यो वास्तवमै मनपर्दैन ।’
‘
वि.सं.२०७७ पुस १९ आइतवार १२:३८ मा प्रकाशित




























