१९ पुष, काठमाडौँ । बिग ब्यास लिग अन्तर्गत अहिले पर्थ स्कोर्चेस र मेलबर्न रेनेगेडर्स बिचको खेल पर्थमा चलिरहेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेका पर्थ आफ्नो २० ओभरमा ३ विकेट गुमाएर १८५ रन बनाएको छ । पर्थका लागि ब्याटिङ्गमा केलिन मुन्रोले ५२ रनको पारी खेलेका छन भने र जस ईन्ग्लिसले ७२ रनको पारी खेलेका छन । कोलिन मुन्रोले ५२ रनको पारी ५ छक्का र १ चौकाको प्रहार गरेका छन भने जस ईन्ग्लिसले ७ चौका र २ छक्का प्रहार गरेको छन ।
रेनेगेडर्सका लागि बलिङ्गमा ज्याक प्रेस्टविजले सर्वाधिक २ विकेट लिएका थिए ।
मेलबर्न रेनेगेडर्सका लागि यस बिग ब्यास लिगमा दोस्रो जित हासिल गर्नको लागि २० ओभरमा १८६ रन बनाउनु पर्ने भएको छ ।
वि.सं.२०७७ पुस १९ आइतवार १२:३२ मा प्रकाशित




























