काठमाडौँ । निर्देशक दीपक श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अभिनेत्री एलिजा गौतम अनुबन्धित भएकी छिन ।
चलचित्र अनुराग बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी गौतमले शुक्रबार उक्त चलचित्रमा साइन गरेकी छन् । सामाजिक कथा रहेको उक्त चलचित्रको नाम फाइनल नभएको निर्माण टिमले जानकारी दिएको छ ।
एलिजा मात्र फाइनल भएकी चलचित्रमा अभिनेताको भने खोजी भइरहेको बताइएको छ । उनी मूख्य भूमिकामा अनुबन्धित भएकी हुन् । यो उनको दोस्रो चलचित्र रहेको छ ।
वि.सं.२०७७ पुस १९ आइतवार १२:२३ मा प्रकाशित





























