२० पौष, काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले १३ औं वार्षिक साधारणसभा डाकेको छ ।
बैंकको पौष १९ गते (आइतबार) बसेको सञ्चालक समितिको बैंठकले गरेको निर्णयनुसार उक्त सभा माघ १४ गते बुधबार हुनेछ । सो सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने बैंकले जनाएको छ ।
सभामा वार्षिक साधारण सभा समक्ष संचालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७५/७५ को लेखापरीक्षक प्रतिवेदनसहितको वासलात, एकीकृत आयव्यय हिसाब, नाफा(नोक्सान हिसाब तथा प्रवाह विवरण, सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरि पारित गरिनेछ ।
त्यसैगरी सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।त्यस्तै बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पौष २९ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष २८ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले प्रकासन गरेको सुचना यस्तो छ :
वि.सं.२०७७ पुस २० सोमवार १२:२६ मा प्रकाशित






























