back
CTIZAN AD

आन्दोलनका कार्यक्रममा अन्य दलसँग पनि सहकार्य गर्ने प्रचण्ड–नेपाल समुहको निर्णय

वि.सं.२०७७ पुस २० सोमवार

690 

shares

पुस २०, काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समुहले अन्य दलहरुसँग पनि सहकार्य गरेर आन्दोलनलाई अगाडि बढाउने निर्णय गरेको छ । सोमबार सम्पन्न स्थायी समिति बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आन्दोलन संसद पुनस्र्थापना नहुँदासम्म जारी राख्ने पनि निर्णय भएको छ । ‘संघर्षलाई प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमलाई असफल पारेर प्रतिनिधि सभालाई सुचारु नर्गदासम्म र प्रतिगमनको षडयन्त्रलाई पूर्णंरुपमा परास्त गर्ने बिन्दुमा नपुग्दासम्म जारी राख्ने र संघर्षलाई हर हालतमा सफल बनाउने निर्णय गरिएको छ’, बैठकपछि निर्णयहरु जानकारी गराउँदै श्रेष्ठले भने, ‘यो संघर्षमा अरु राजनीतिक पार्टीहरुसँग पनि वार्ता गरेर संयुक्त संघर्ष गर्ने पहललाई जारी राख्ने निर्णय पनि गरिएको छ ।’

उनका अनुसार आन्दोलन कार्यक्रम सञ्चालन गर्न केन्द्रीयसँगै प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा समेत संघर्ष समिति बनाउने निर्णय पनि भएको छ । साथै केन्द्रीय संघर्ष समितिको सचिवालय र कार्यालय पनि गठन गरिएको उनले जनाए ।

‘केन्द्रीय संघर्ष समितिको अतिरिक्त प्रदेश, जिल्ला, पालिकास्तर र वडा स्तरसम्म पनि संघर्ष समिति बनाउने निर्णय गरिएको छ’, श्रेष्ठले भने, ‘केन्द्रीय संघर्ष समितिको सचिवालय र कार्यालय गठन गर्ने निर्णय भएको छ ।’

श्रेष्ठले जनाएअनुसार आन्दोलनका कार्यक्रमलाई अगाडि बढाउन केन्द्रीय संघर्ष समितिमा प्रवक्तासहित तीन सह–संयोजक पनि चयन गरिएको छ । योगेश भट्टराई, पम्फा भुसाल र गणेश भुसाललाई सह–संयोजकको जिम्मेवारी तोकिएको उनले जनाए । उनका अनुसार केन्द्रीय संघर्ष समितिको प्रवक्ताको जिम्मेवारी भट्टराईलाई दिने निर्णय भएको छ ।

वि.सं.२०७७ पुस २० सोमवार १८:१२ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...