back
CTIZAN AD

यस्तो बन्यो खेम गुरुङको नयाँ लोकगीत, हेर्नुस् भिडियोमा

वि.सं.२०७७ पुस २३ बिहीवार

666 

shares

काठमाडौँ । कलाकार खेम गुरुङको लोकगीत घर त गलकोट सार्वजनिक भएको छ । सानै उमेरदेखि लोक दोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत सहभागी बन्ने गरेका कलाकार गुरुङको पहिलो एल्बम युटुबमार्फत सार्वजनिक भएको हो ।

आफ्नै लय, शब्द र सङ्गीतमा गीत तयार पारेका गुरुङले विदेशमा रहँदा जन्मभूमिको मायामा डुबेर गीत तयार पारेको र अहिले सार्वजनिक गरेको जानकारी दिए । उनका अनुसार गीतको म्युजिक भिडियो पनि जन्म गाउँ गलकोटमै तयार गरिएको छ ।

बाग्लुङको गलकोट नगरपालिका–९ बास्खोलामा जन्मिएका गुरुङले गीत सङ्गीतमार्फत जन्मभूमिलाई देश विदेशमा चिनाउने आफ्नो लक्ष्य रहेको बताए ।

लोकदोहोरी भनेपछि आफू हुरुक्कै हुने गरेको र विभिन्न समस्याका कारण गीत रेकर्ड गर्न नसकेको बताउँदै उनले लामो सङ्घर्ष पछि आफ्नै सपना साकार भएको उल्लेख गरे । आर्थिक अभावका कारण विदेशिनु पर्दा लोकदोहोरीको यात्रालाई निरन्तरता दिन नसकेको भन्दै उनले आगामी दिनमा निरन्तर लाग्ने बताए ।

गीतको म्युजिक भिडियोमा कलाकार खेम गुरुङ, सिवानी कार्की र विपिन मल्लको अभिनय छ । राजन केसी ‘मोहन’ ले निर्देशन गरेको भिडियोको सम्पादन कलाकार राजन केसीले गरेका छन् । म्युजिक भिडियो कलाकार ईश्वर सिंहको युटुब च्यानल ईश्वर सिंहमार्फत सार्वजनिक भएको जनाइएको छ ।

वि.सं.२०७७ पुस २३ बिहीवार ११:२९ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...