२४ पौष, काठमाडौं । नेपाल जग्गा तथा अवास विकास संघको अध्यक्षमा इच्छाबहादुर वाग्ले निर्वाचित भएका छन् ।
नक्सालमा बुधबार सम्पन्न संघको १४औं साधारणसभाले अध्यक्षमा वाग्लेलाई निर्विरोध निर्वाचित गरेको हो । उक्त साधारणसभामा अध्यक्षसहित ७ जना पदाधिकारी र ७ सदस्य पनि निर्विरोध चयन भएका छन् ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा विदुर धमाला, द्वितीय उपाध्यक्षमा दीपक कुँवर, तृतीय उपाध्यक्षमा भेषराज लोहनी, महासचिवमा पुरुषोत्तम पौड्याल, सचिवमा गोविन्दप्रसाद लोहनी र कोषाध्यक्षमा तुलसीप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।
कार्य समितिको ७ जना सदस्यमा सनराइज डेभलपर्सका सुमितकुमार अग्रवाल, क्लीन डेभलपर्सका आशिष गर्ग, लभ्ली हाउजिङ्गका बहादुरकृष्ण ताम्राकार, आइएमएस डेभलपर्सका दिपककुमार मलहोत्रा, बृहत इन्भेष्टमेण्टका पूर्णिमा राजभण्डारी, एआरल्याण्ड डेभलपर्सका एण्ड सर्भिसका रामसुन्दर बके र इस्टेट गुरुका रोशन भोयद्यो निर्विरोध निर्वाचित भएका छन् ।
वि.सं.२०७७ पुस २४ शुक्रवार १३:४६ मा प्रकाशित






























