back
CTIZAN AD

जो जनतामा जान डराउँछ त्यो तानाशाही र अधिनायकवाद हो-सांसद कोमल ओली

वि.सं.२०७७ पुस २४ शुक्रवार

822 

shares

२४ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य (सांसद) कोमल ओलीले जनताको जनादेश लिन डराउने नै अधिनायकवाद र तानाशाही रहेको बताएकी छन् ।

राष्ट्रियसभाको बैठकमा शुक्रबार आफ्ना भनाई राख्दै सांसद ओलीले प्रधानमन्त्रीले गरेको संसद विघटन संविधान विपरित र असंबैधानिक हो भन्ने कसैलाई लाग्छ भने त्यसको व्याखा गर्ने अधिकार अदालतलाई दिएको र अदालतले जे गर्छ त्यो सबैले स्वीकार्नुपर्ने बताइन् ।

‘यसको अन्तिम निर्णय गर्ने जनताको ल्याबले हो, त्यसैले जनताको ल्याबमा जानु परीक्षणमा जानेकुरा कसरी असंबैधानिक भयो ? कसरी तानाशाही भयो ? कसरी अधिनायकवाद भयो ? ठूलो स्वरले कराएर चिच्याएर भन्दैमा कोही अधिनायकवादी हुँदैन जो व्यक्ति जनतामा जान डराउँछ त्यो व्यक्तिको भित्रि मनमा अधिनायकवाद र तानाशाही हुन सक्छ ।’ उनले भनिन् ।

‘सरकारमाथि संका, अदालतमाथि शंका, निर्वाचन आयोगमाथि शंका, यतिधेरै शंका गर्ने अनि अहिलेको सरकार सर्वसत्तावादी भयो भनेर भन्ने, अरु इन्स्च्युशनहरुले आफै निर्णय गर्न सक्छन् भन्ने नमान्नुनै सर्वसत्तावाद होइन र ?,’ सांसद ओलीले भनिन्, ‘अदालतमाथि जसले शंका गरिरहेको छ त्यो हो सर्वसत्ताँवाद ।’
सांसद ओलीले प्रतिनिधिसभा विघटन भएर निर्वाचनमा होमिइसकेको बताउँदै अहिले देश ठूलो दुर्भाग्यबाट गुज्रनु परेको र त्यो संसद, जनता तथा प्रधानमन्त्रीको रोजाइको विषय नभएको तर विकल्प के थियो त भन्ने प्रश्न समेत गरेकी थिइन् ।

‘तर सरकारले के गरेन भन्ने विषयमा के बहस भयो त ? पार्टीको बैठकमा वा सार्वजनिक रुपमा जनताका मुद्दाहरुका बारेमा नेताहरुले के बोल्नु भयो त ? पार्टीमा बरियताको बाहेक पार्टीमा कसले के जिम्मेवारी प्राप्त गर्ने बाहेक जनताका मुद्दा कोरोना, अस्पताल, औषधि खानेपानी, सडक, मेलाम्ची, अपरतामाकोशी, रोगजारी लगायतका विषयमा नेताहरुले संसदमा के बहस गर्नु भयो ?’ उनले भनिन् ।

सरकारले जनताको काम गरेन भन्ने, दिउँसो उखु किसानलाई न्याय दिएन भनेर भाषण गर्ने राति मिल मालिकलाई नपक्रनु भनेर मन्त्रीलाई फोन गर्ने नेतासँग जवाफ छ भन्ने प्रश्न समेत गरेकी थिइन् ।

‘नेताहरुले सरकारलाई बाटो देखाउने, कमीकमजोरीहरुका बारेमा आलोचना गर्ने हो तर स्थायी कमिटीको बैठकमा को सोफामा बस्यो, कस्का कुर्सी कतातिर फर्काएर राखिएको थियो भन्ने विषयले देशलाई बन्धक बनाएको उहाँहरुले जिम्मा लिनुपर्छ कि पर्दैन ?’ ओलीले भनिन् ।

वि.सं.२०७७ पुस २४ शुक्रवार १५:१७ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...