२५ पुस, रोल्पा । रोल्पा नगरपालिका–६ कोटगाउँ बस्ने ४२ वर्षीय गन बहादुर परियारको माडी गाउँपालिका–२ घोर्लेटो खोलास्थित भिरबाट लडेर बिहीबार राति मृत्यु भएको छ ।
गंगादेव गाउँपालिका–१ ओतस्थित छोरीको घरबाट आफ्नो घर फर्कने क्रममा उक्त भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
वि.सं.२०७७ पुस २५ शनिवार १२:१३ मा प्रकाशित






























