back
CTIZAN AD

नेपाल दाना उद्योग सङ्घमा नयाँ नेतृत्व

वि.सं.२०७७ पुस २५ शनिवार

1.1K 

shares

२५ पौष चितवन । नेपाल दाना उद्योग सङ्घ चितवनको १६औँ वार्षिक साधारणले बालचन्द्र खनालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । आज यहाँ सम्पन्न साधारणसभाले पुनः उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा विनोद पोखरेल, सचिवमा ओमप्रकाश तिवारी, कोषाध्यक्षमा युवराज पाठक र सदस्यमा लीलाबल्लभ चापागाई, बुद्धिप्रसाद अधिकारी, रामचन्द्र अधिकारी, शिव पौडेल र निराजन खनाल रहेका छन् ।

साधारणसभामा सङ्घका केन्द्रीय अध्यक्ष रविन पुरीले कच्चा पदार्थमा विदेशी निर्भरता हटाउनुपर्ने बताए । उनले सरकारले लगाएको कृषि सुधार शुल्क हटाउनुपर्नेमा जोड दिए । सो अवसरमा नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष नारायणहरि खत्री र टीकाराम पोखरेलले लागत मूल्य बढी हुँदा चल्ला, अण्डा र मासुको मूल्य बढी भएको गुनसो गरे् ।

कार्यक्रममा नेपाल दाना उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेल, संघका जिल्ला उपाध्यक्ष बिनोद पोखरेललगायतले दाना उद्योगका विविध समस्याका बारेमा अवगत गराए । जिल्लामा २५ वटा दाना उद्योग रहेका छन् । रासस

वि.सं.२०७७ पुस २५ शनिवार १२:२४ मा प्रकाशित

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...