back
CTIZAN AD

डा. भट्टराई भन्छन्–ओलीतन्त्र नवफासिवाद हो भन्नेमा भ्रम नराखि संघर्षमा उत्रौं

वि.सं.२०७७ पुस २६ आइतवार

966 

shares

२६ पुस, काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको कदम नव फासिवाद भएको आरोप लगाएका छन् ।

आइतबार सामाजिक संजाल ट्विटरमा लेख्दै डा. भट्टराईले ओली तन्त्रलाई रोक्नका लागि उत्तिकै सुविचारित प्रतिरणनीति र प्रतियोजना चाहिने तथा त्यसका लागि किन्तुपरन्तु नगरी सबै राजनीतिक दल, वौद्धिक जगत, संचार क्षेत्र र आम नागरिक प्रतिरोध संघर्षमा उत्रनु पर्ने समेत उनले बताएका छन् ।

डा. भट्टराइले भनेका छन् ‘ओलीतन्त्र नवफासिवाद हो भन्ने कुरामा कसैले कुनै भ्रम राख्न जरूरी छैन । त्यसलाई रोक्न उत्तिकै सुविचारित प्रतिरणनीति र प्रतियोजना चाहिन्छ ।’ त्यो प्रतिरणनीति भनेको कुनै किन्तुपरन्तु नगरी सबै राजनीतिक दल,वौद्धिक जगत, संचार क्षेत्र र आम नागरिक प्रतिरोध संघर्षमा उत्रनु हो !अलमल मृत्यु हो !’
स्मरण रहोस् प्रधानमन्त्रीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै यसलाई अलोकतान्त्रिक र असंबैधानिक कदम ठहर गर्दै डा भट्टराईको पार्टीले त्यसको विरोधस्वरुप पुस ११ गते प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन र शनिबार देशव्यापी रुपमा मसाल जुलुस निकालेको थियो ।

वि.सं.२०७७ पुस २६ आइतवार ०९:३० मा प्रकाशित

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...