२६ पु्स, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेरमोनियल राष्ट्रपति भएको ठाउँमा आफ्नै ढंगले चल्ने र महाराजधिराज जस्तो राष्ट्रपति चाहिएको हो भन्ने प्रतिप्रश्न गरेका छन् ।
राष्ट्रियसभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले राष्ट्रपति प्रधानमन्त्रीले सिफारिस गरेको कुरालाई लाहाछाप मात्र लगाउने रुपमा भएको बताउँदै यस्तो प्रतिप्रश्न गरेका हुन् ।
‘राष्ट्रिपतिलाई हामीले जम्माजम्मी प्रधानमन्त्रीले गरेको सिफारिस अनुसार लाहाछाप लगाउने मात्रै हिसाबमा एउटा सेरमोनियल रुपमा राष्ट्रपति राखेका छौ । के एक्टिभ राष्ट्रपति चाहियो हामीलाई ?’ सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘प्रधानमन्त्रीले गरेको सिफारिस नमान्ने आफ्नै ढंगले चल्ने राष्ट्रपति चाहियो ?’ महाराजधिराज जस्तो राष्ट्रपति चाहियो हामीलाई हुकुम तामेल गर्ने ? त्यस्तो राष्ट्रपति हामीले खोजेको होइन ।’
राष्ट्रपति सम्मानित संस्थाको रुपमा रहेको र संविधानको रक्षक र पालकको रुपमा मर्यादामा बसेर कामगर्ने राष्ट्रपति खोजेको बताउँदै प्रधानमन्त्री ओलीले संविधानको पालना नगर्ने र संविधान भन्दा बाहिर गएर स्वेच्छाचारी ढंगले चल्ने राष्ट्रपति अहिलेको संविधानको कुरा नभएको पनि बताए ।
प्रधानमन्त्रीले केही पुरातनपन्थी सोचका मानिसहरु, मुलुकलाई पछाडि फर्काउन चाहने तत्वहरु र आफ्नो संक्र्रिण दलिय स्वार्थका हिसावले राष्ट्रपतिको गरिमामाथि हिलो छ्याप्न खोज्नेहरुले राष्ट्रपतिको विरोध गर्ने गरेको बताएका थिए ।
वि.सं.२०७७ पुस २६ आइतवार १५:२९ मा प्रकाशित






























