back
CTIZAN AD

श्याममोहन श्रेष्ठको आत्मवृत्तान्त ‘काठमाडौँ–पेरिस–काठमाडौँ–रेल–बस यात्रा’ बजारमा

वि.सं.२०७७ पुस २६ आइतवार

750 

shares

२६ पुस, काठमाडौँ । पर्यटन उद्यमी एवं नेपाल–फ्रान्स उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्याममोहन श्रेष्ठको आत्मवृत्तान्त ‘काठमाडौँ–पेरिस–काठमाडौँ–रेल–बस यात्रा’ बजारमा आएको छ ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जाभिय लेजे र पर्यटन उद्यमी एवं लेखक कर्ण शाक्यले संयुक्तरूपमा सो पुस्तकको विमोचन गरे । ‘साहसले डो¥याएको जिन्दगी’ उपशीर्षक रहेको उक्त पुस्तकमा लेखक श्रेष्ठले बाल्यकालदेखि जागिरेजीवन र आफूले झेल्नुपरेका आरोहअवरोहलाई रोचक ढङ्गले प्रस्तुत गरेका छन् ।

सात दशक लामो जीवनयात्रामा आफूले भोगेका अनुभवलगायत विषय समेटिएको आफ्नो आत्मवृत्तान्तबारे जानकारी दिँदै उनले भने, “काठमाडौँमा मैले आफ्नै जीवन बिताएँ, फ्रान्स बस्दा फ्रान्सेली जस्तै जीवनयापन गरेँ, फ्रान्स सरकारबाट उच्चस्तरको पदक पाउँछु भन्ने कल्पनासमेत गरेको थिइनँ, तर त्यहाँबाट सर्वोच्च पदकसमेत पाएँ ।”

शताब्दीपुरुष जोशीले प्रस्तुत आत्मवृत्तान्तबाट पाँच दशकअघिको नेपालको अवस्था, विश्वमा भएका परिवर्तन र नेपाल–फ्रान्स सम्बन्धका विविध आयामबारे मिहीन ढङ्गले वर्णन गरिएको बताए । राजदूत लेजेले फ्रान्स–नेपाल सम्बन्ध सुदृढ तुल्याउन नागरिकस्तरबाट उद्यमी श्रेष्ठले निर्वाह गर्नुभएको भूमिका अतुलनीय रहेको बताए । उनले नेपाल–फ्रान्स व्यापार प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेकामा सराहना गरे । पर्यटन उद्यमी शाक्यले श्रेष्ठसँगका युवावयका अनुभवबारे चर्चा गर्दै पर्यटन उद्योगको विकासमा पनि लेखक श्रेष्ठको भूमिका प्रशंसनीय रहेको बताए ।

वि.सं.२०७७ पुस २६ आइतवार १५:४० मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...