back
CTIZAN AD

नेताहरुले राष्ट्र केन्द्रित राजनीति गर्न नसकेको पूर्वराजाको आरोप

वि.सं.२०७७ पुस २६ आइतवार

780 

shares

२६ पुष, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाहले नेताहरुले राष्ट्र केन्द्रीत राजनीतिक गर्न नसकेको आरोप लगाएका छन् ।

२९९ औँ पृथ्वी जयन्तिको पूर्वसन्ध्यामा शुभकामना विज्ञप्ति जारी गर्दै उनले शाहवंशीय राजाहरुले देशको आवश्यकता र जनचाहना अनुसार अघि बढेको इतिहास दर्शाउँदै नेताहरुले भने इमान्दार र राष्ट्रकेन्द्रीत राजनीति गर्न नसकेको आरोप लगाएका हुन् ।

शाहवंशीय राजाहरुका लागि देश र जनताको हित नै सर्वोपरी रहँदै आएको र संवैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार भएको समेत उल्लेख गरेका छन् ।

जनचाहना बमोजिम अघि बढ्नु शाहवंशीय राजपरम्पराको विशेषता भएको बताउँदै उनले राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमान्दारीता दर्शाएको जनाएका छन् ।

‘हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरी रहँदै आएको छ । हाम्रो विचारमा राजनीति भन्नु नै देश र सेवाको उच्चतम साधन हो । तर हामीले व्यहोरोको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रीत छ, कति जनहित अनुकुल छ त्यसको समिक्षा हुन अब बिलम्ब भैसकेको’ विज्ञप्तिमा उल्लेख गरेका छन् ।

तर नेताहरुले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराय इच्छा पुरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महशुस नेपालीले गर्नुपरेको भन्दै उनले राष्ट्रिय अखण्डताका निम्ति एकताको बलियो गाँठो बनाउन पर्ने आह्वान पनि उनले गरेका छन् ।

वि.सं.२०७७ पुस २६ आइतवार १८:५५ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...