back
CTIZAN AD

इण्डोनेशियाको दुर्घटनाग्रस्त जहाजको ब्लाक बक्स भेटियो

वि.सं.२०७७ पुस २७ सोमवार

705 

shares

२७ पुस, जकार्ता । इन्डोनेसियाली उड्ययन अधिकारीहरूले दुर्घटनाग्रस्त इन्डोनेसियाली विमानका दुबै ‘ब्ल्याक बक्स’को स्थान पत्ता लगाएको बताएका छन् ।

उनीहरूले ‘ककपिट’ आवाज र उडानको ‘डाटा रेकर्डर’लाई सङ्केत गर्दै भने ‘ब्ल्याक बक्स’का माध्यमबाट विमानमा दुर्घटनापूर्व के भएको हो भनेर बुझ्नको लागि महत्वपूर्ण जानकारी मिल्ने बताएका छन् ।

“हामीले दुबै ‘ब्ल्याक बक्स’ रहेको स्थान पत्ता लगाउन सफल भएका छौँ,” इन्डोनेसियाको यातायात सुरक्षा निकायका प्रमुख सोरजान्टो तज्जान्टोले भने । “गोताखोरहरूले छिट्टै ती यन्त्रलाई खोज्न थाल्नेछन् र छिट्टै ब्ल्याक बक्सलाई पानीबाट बाहिर निकालिनेछ ।”

यसअघि इन्डोनेसियाको राजधानी जकार्ता नजिकको जलक्षेत्रबाट उद्धारकर्ताले एउटा दुर्घटनाग्रस्त विमानमा सवार व्यक्तिका अवशेष, विमानका टुक्रा र लत्ताकपडा बाहिर निकालेका बताइएको छ ।

जकार्ताबाट शनिबार अपराह्न उडेको एउटा यात्रुबाहक विमान उडेको केही मिनेटभित्रै जकार्ता नजिकको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका सदस्यसहित ६२ जना सवार थिए ।

जकार्ताको सोकार्नो–हाता अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको श्रीविजया एयरको बोइङ ७३७–५०० विमान उडेको चार मिनेटभित्रै सिधै समुद्रमा खसेको प्रारम्भिक अनुसन्धानपछि बताइएको छ । एएफपी

वि.सं.२०७७ पुस २७ सोमवार ०८:४२ मा प्रकाशित

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक ।   थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको...

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

नयाँदिल्ली ।  भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने...

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

क्यानबेरा ।   अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै...

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

वासिङ्टन ।   संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र आइतबार कीर्तिमानी अत्यधिक...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...