back
CTIZAN AD

धर्ना दिइरहेको बेलामा प्रहरीको दमन भएको भन्दै नेविसंघद्धारा निन्दा

वि.सं.२०७७ पुस २७ सोमवार

774 

shares

२७ पुष, काठमाडौं । मध्यमपश्चिम विद्यालय, सुर्खेतको इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुको धर्नामा प्रहरी दमन भएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले निन्दा गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंङ्गानाद्धारा सोमबार जारी विज्ञप्तिमा शान्तिपूर्ण धर्नामा उपकुलपतिको निर्देशनमा प्रहरी परिचालन गरी आइतबार साँझ अन्धाधुन्द लाठी चार्ज गर्दै अश्रु ग्याँस प्रहार तथा हवाइ फायरिङ्ग गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

‘विद्याको पबित्र मन्दिरमा आफ्ना शैक्षिक मागहरु उपकुलपति समक्ष प्रस्तुत गर्न जाँदा तिनै उपकुलपतिको ठाडो आदेशमा विद्यार्थीहरुमाथि यस प्रकारको बर्बर दमन हुनु जति निन्दनिय छ, त्यति नै लज्जाजनक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राजनैतिक अभिष्ट पूरा गर्न प्राज्ञिक पदहरु हत्याउने, अनि विश्वविद्यालयलको शैक्षिक उन्नयनका लागि भन्दा शासक बनि विद्यार्थीहरुलाई तर्साउने एवं विश्वविद्यालयलाई भर्तिकेन्द्र र कमाउ अखडा बनाउन लागिपर्ने पात्रहरु विश्विद्यालयका निम्ति मात्र हैन, समाजकै निम्ति कलंक हुन् ।’

प्रहरीको दमनमा गम्भीर घाइते भएका विद्यार्थी नेता रोशन बस्नेत लगायत नेविसंघका नेताहरु तर्कराज शाही, लक्षमण बोगटी, राजन केसी, विवेक खड्का र न्युटन वलीको अस्पतालमा उपचार भइरको पनि नेविससंघले जनाएको छ ।

Image may contain: text

वि.सं.२०७७ पुस २७ सोमवार ०९:०५ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...