back
CTIZAN AD

शित लहर बढ्न थालेपछि ज्येष्ठ नागरिकलाई दाउरा वितरण गरियो

वि.सं.२०७७ पुस २८ मंगलवार

1.1K 

shares

२८ पुस, टीकापुर । कैलालीमा शीतलहर बढ्न थालेपछि टीकापुर-७ स्थित सत्ती कर्णाली सामुदायिक वनले ज्येष्ठ नागरिकलाई निःशुल्क दाउरा वितरण गर्न शुरुआत गरेको छ ।
सामुदायिक वन समितिले सोमबारबाट ७५ वर्षदेखि माथिका ११२ घरपरिवारका ज्येष्ठ नागरिकलाई दाउरा वितरण गर्न लागको हो । प्रतिव्यक्ति दुई क्वीन्टलका दरले दाउरा उपलब्ध गराउन लागेको छ ।

शीतलहरमा ज्येष्ठ नागरिकलाई सहज होस् भनेर दाउरा वितरण गरेको वनका अध्यक्ष धनसिंह साउदले बताए । ‘‘७५ वर्षदेखि माथिका ज्येष्ठ सदस्यहरुको सम्मान पनि हुने र चिसोबाट बचाउन घरपरिवारलाई पनि सजिलो हुने भएकाले निशुल्क दाउरा वितरण गर्ने कार्यक्रम ल्याएका हौँ’’, उनले भने, ‘‘अघिल्लो वर्ष चोकचोकमा दाउरा वितरण गरेका थियौँ र यस वर्ष पनि चोकचोकमा दाउरा उपलब्ध गराउदैछौँ । साथै ज्येष्ठ नागरिकको घरमै दाउरा पु¥याउन थालेका छौँ ।’’

दाउरा घरमै पाएपछि ज्येष्ठ नागरिक खुशी भएका छन् । ज्येष्ठ नागरिक गम्भीर सिंहले सामुदायिक वनले समस्या बुझेको बताए । ‘‘चिसो बढेको छ । यो समयमा वनले घरमै दाउरा ल्याइदियो’’, उनले भने, ‘‘अब आगो तापेर बस्न पाइने भयो ।’’

एक हजार ४०० उपभोक्ता रहेको सो सामुदायिक वनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । विसं २०४८ मा स्थानीयले संरक्षण शुरु गरेपछि सामुदायिक वन विसं २०५१ मा दर्ता भएको हो । सत्ती वन ३०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । हाल सत्ती वनसँग जोडिएका अन्य तीन वटा प्रस्तावित वन पनि संरक्षण गर्न नसकेर समायोजन भएका छन् ।

सामुदायिक वनले वर्षेनी एक हजार २०० क्वीनटल बेत उत्पादन गर्छ । यसरी उत्पादन गरेको बेत बिक्रीबाट आएको रकमले सामुदायिक वनले सामाजिक कार्य गर्दै आएको छ । सामुदायिक वनको १४५ हेक्टरमा बेत वन रहेको छ । सामुदायिक वन कर्णाली नदीको बगरलाई संरक्षण गरेर निर्माण गरिएको हो ।

वनले विगतमा एम्बुलेन्स, उपभोक्ताको कृषि प्रयोगका लागि दुई वटा ट्र्याक्टर खरिद गरेको थियो । यसबाहेक वनले उच्च मावि सञ्चालन, सामुदायिक सहकारी संस्था र उपभोक्ताका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था पनि गरेको छ । त्यसक्षेत्रका नागरिकलाई एम्बुलेन्स सेवा पाउन कठिन भएपछि वनले पुनः एम्बुलेन्स सेवा शुरु गरेको छ ।

यसैगरी गृहणीलाई पैचो बाख्रा कार्यक्रम पनि वनले सञ्चालन गरेको छ । बेतकै आम्दानीले वनमा वनभोजस्थल निर्माण गरेको छ भने पर्यटकलाई डुङ्गा शयरका लागि पोखरी निर्माण गरेको छ । ‘‘ वेत वन भनेर चिनिने सत्ती कर्णाली सामुदायिक वनले विगतमा थुप्रै सामाजिक काम गरेको छ, वगर र उजाड भइसकेको वनलाई स्थानीयले संरक्षण गरेर हराभरा बनाएका हुन्’’, वन समितिका पूर्वसचिव शेरबहादुर साउदले भने,, ‘‘अप्ठ्यारोका सारथीका रुपमा यहाँ वन स्थापित भएको छ ।’’

वि.सं.२०७७ पुस २८ मंगलवार ०८:१९ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...