back
CTIZAN AD

ट्र्याक्टर दुर्घटना हुदाँ एकजनाको मृत्यु

वि.सं.२०७७ पुस २८ मंगलवार

669 

shares

२८ पुष, मार्तडी । बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् ।

उनको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

उनका अनुसार खाली रहेका ग्यासका सिलिण्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेत नजिकै दुर्घटनामा परी घाइते भएका यागीको उपचारका क्रममा मृत्यु भएको बताए ।

ट्र्याक्टर दुर्घटना हुँदा सडकभन्दा एक सय मिटर तल खसेको प्रहरी निरीक्षक ठगुन्नाले जानकारी दिए । ट्र्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ट्र्याक्टरको नम्बर प्लेट नभएकाले फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
रासस

वि.सं.२०७७ पुस २८ मंगलवार १०:५७ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...