back
CTIZAN AD

सूर्य चिन्ह र नेकपा नाम हाम्रै हुन्छ ढुक्क रहनुस् : अध्यक्ष प्रचण्ड

वि.सं.२०७७ पुस २८ मंगलवार

732 

shares

२८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आधिकारीक नाम र चुनाब चिन्ह आफुहरुकोनै हुनेमा ढुक्क रहन कार्यकतालाई  भनेका  छन् ।

मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सूर्य चुनाव चिन्ह आफूहरूले पाउने बताएका छन्। उनले सोमबार निर्वाचन आयोग गएर पार्टीको नाम र चुनाव चिन्हको आधिकारीकता पाउनेमा प्रष्ट भएको बताएका छन् ।

उनले ५० प्रतिशत केन्द्रीय सदस्य हुनेले नाम र चिन्ह पाउने भएकोमा हाल आफुहरुको पक्षमा ७० प्रतिशत केन्द्रीय सदस्य रहेकाले यस विषयमा ढुक्क रहन कार्यकर्ताहरुलाइ भनेका छन् । उनले यदि यसो नभए आँधीवेहरी आउने चेतावनीसमेत दिएका छन्।

उनले सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा भंग गर्ने कदम असंवैधानिक भएको र बैशाखमा हुनेभनिएको चुनाव कुनैपनि हालतमा नहुने पनि बताएका छन् । पार्टीभित्रको विवाद मिलाउन नसक्ने अनि प्रतिनिधि सभा भंग गर्ने जस्तो असंवैधानिक कदम ओलीले चालेको बताएका छन् ।

वि.सं.२०७७ पुस २८ मंगलवार १६:०० मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...