back
CTIZAN AD

नेपाली राष्ट्रियतामाथि धावा बोल्दै जी न्यूजले गर्‍यो यस्तो आपत्तिजनक प्रसारण (हेर्नुस् भिडियो)

वि.सं.२०७७ पुस २९ बुधवार

912 

shares

२९ पुस, काठमाडौं । बालुवाटारको मेजमानी खाएको केही घण्टामै भारतीय एक संचारमाध्यमले नेपालविरुद्ध आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलिले अन्तरवार्ताका लागि वालुवाटारमा बोलाएको भनिएका भारतीय न्यूज च्यानल जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने गरी आपत्तिजनक रिपोर्ट प्रसारण गरेका छन् ।

‘नयाँ भारतके नयाँ राष्ट्रवादकी सच्ची पत्रकारिता’ भन्दै जी न्यूजले नेपालको सर्वाेच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको छ ।

प्रधानमन्त्री ओलिले भारतसँग विवादित भूमि रहेको लिपुलेक, कालापानी र लिम्पियाधरा नेपाली भूमिनै भएको भन्ने कुरा बडो दह्रो गरी राखेकोमा तारिफ भैरहेको बेला जी न्यूजका सम्पादकको नेपाली राष्ट्रियतामाथि धाबा बोल्ने गरी आएको पछिल्लो रिपोर्टले सारा नेपालीलाई लज्जीत बनाएको छ ।

 

राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेका कारण उनैको नामबाट सगरमाथाको नाम हुनुपर्ने चौधरीको भनाइ छ ।

‘आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने । ’ उनले भनेका छन् ।

यसअघि नेपालले नेपाली नक्सामा छुटेको लिपुलेक, कालापानी र लिम्पियाधरासहितको भूमि समेट्दै नयाँ नक्सा बनाएपछि जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको कपोलकल्पित सम्वादसहित आपत्तीजनक रिपोर्ट बजाएको थियो । त्यसको विरोधमा नेपालका केबल अपरेटरहरुले जीसहितका केही भारतीय च्यानलहरुको प्रसारणमा रोक लगाएका थिए ।

नेपाली राजनीतिमा भारतीय प्रभाव अत्यन्तै गहिरो रहेको छ । नेपालमा अस्थिरता ल्याउन भारतीय संचारमाध्यमहरु भारतीय खुफिया एजेन्टको योजनामा सक्रिय भैरहेका देखिन्छन् । प्रधानमन्त्रीसँगकै अन्तरवार्ता पनि सन्देहास्पद् मानिएको छ । आलोचकहरुले जानीजानी त्यस्तो पत्रकारलाई बोलाइनु स्वभाविक नरहेको बताइरहेका छन् । प्रधानमन्त्रीसँगको बसाईमा पनि उनको प्रस्तुती स्वभाविक देखिँदैनथ्यो । कतिपयले जी न्यूजलाई पैसै तिरेर बोलाइएको पनि भनिरहेका छन् । तर सबै कुरालाई नकरात्मक मान्न नसकिएपनि सुधिर चौधरीको नियत, प्रधामन्त्रीको अन्तरवार्ता र सगरमाथामाथिको अर्को दाबीलाई भने गम्भिर रुपमा लिनु पर्दछ ।

यो भिडियोलाई पनि बिर्सन सकिँदैन ।

वि.सं.२०७७ पुस २९ बुधवार ०९:०५ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...