२९ पुस, काठमाडौं । गएराति भएको खेलमा सेभियालाई पराजित गर्दै एट्लेटिको मड्रिड स्पानिस ला लिगाको अंक तालिकाको शीर्ष स्थानमा चार अंकको अग्रता कायम गरेको छ । सेभियालाई २-० गोल अन्तरले पराजित गर्दै एट्लेटिको दुई खेल कम खेल्दै चार अंकको अग्रत कायम गर्न सफल भएको हो ।
एट्लेटिको घरेलु मैदानमा भएको खेलको १७ औं मिनेटमा कोरेअले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको एट्लेटिकोले दोस्रो हाफको ७६ औं मिनेटमा सउलले गोल गर्दै समग्रमा २-० ले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो
जितपछि १६ खेलमा १३ जित २ बराबररी र १ हारको नतिजा सहित ४१ अंकका साथ एट्लेटिको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको १८ खेलबाट ३७ अंक रहेको छभने समान खेलबाट ३४ अंक जोड्दै बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।
वि.सं.२०७७ पुस २९ बुधवार ११:४१ मा प्रकाशित





























