back
CTIZAN AD

थप रहस्यमयी बन्दै दम्पत्तीको मृत्यु प्रकरणको घटना

वि.सं.२०७७ पुस २९ बुधवार

651 

shares

२९ पुस, काठमाडौं । ‘पूर्व जन्ममा म उहाँको छोरा रहेछु, यो जन्ममा बाबु । सायद के पूरा गर्न सकिनँ छाडेर जानुभयो ।’ ६८ वर्षीय तारक बहादुर केसी बानेश्वर थापागाउँस्थित पन्चकुमारी किरिया घरमा मंगलबार यसरी मन बहलाउँदै थिए । आखा रसाइरहेकै थिए । तापनि शुभेच्कुसँग उनी भन्थे, ‘हिँजोको भाग भोग हो । उसले संसार छाड्यो ।’

तारकका छोराबुहारी उमेर र सुदीक्षा शुक्रबार राति टोखामा मृत फेला परेका थिए । तारक छोरा बुहारीको किरिया बसेका छन् । किरिया पुत्री भवनामा कोठाबाहिर उमेशको फोटोमा माला चढाइएको थियो । नजिक दियो बलिरहेको थियो । बुहारीको फोटो नभएकाले ल्याउने तयारी भएको उनले सुनाएको पनि बुधबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

उनले उमेश परिवारसँग अलग्गिएर बस्नुको कारणबारे भने-सायद उसलाई स्वतन्त्र भएर बाँच्ने इच्छा थियो । हामीले जबरजस्ती गरेनौं । उ राम्रैसँग बसेको थियो । टोखा बसेपनि आउजाउ गथ्र्यो ।’

प्रारम्भिक अनुसन्धानका नाममा बुहारी (सुदिक्षा) ले उमेशको हत्या गरेर आफूले आत्महत्या गरेको बुझाइप्रति उनले असहमति जनाए । ‘यो काल्पनिक कुरा मात्रै भएन र ? मारेको वा मरेको देख्ने प्रत्यक्षदर्शी कोही छ ? उनले भने, ‘अब प्रहरी अनुसन्धानले देखाउँला के रहेछ ?’
घटनास्थल महानगरीय प्रहरीवृत्त महाराजगन्जको मातहतको जिम्मामा छ । संयोग ’ वृत्तका डिएसपी रोशन खड्का तारकका विद्यार्थी रहेछन । ३७ वर्ष शिक्षण पेशामा बिताएका तारक ३४ वर्ष त आदर्श विद्या मन्दिर (एमबिएम) मा रहे ।

सुरक्षाका माइती अमेरिकामा बस्दै आएका छन् । उमेशका परिवारले सुदिक्षाका दिदीलाई मात्र चिन्छन् । तिनै शर्मिला प्रहरी र उमेशका परिवारको शंकाको घेरामा छिन् । प्रहरीले लामो सोधपुछपछि उनलाई छाडेको छ ।

 

वि.सं.२०७७ पुस २९ बुधवार ११:४३ मा प्रकाशित

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...