back
CTIZAN AD

प्रतिनिधि सभा विघटनविरुद्वको मुद्दा बृहत पूर्णं इजलासमा लैजान सरकार पक्ष असहमत

वि.सं.२०७७ पुस २९ बुधवार

756 

shares

पुस २९, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्वको मुद्दालाई बृहत पूर्णं इजलासमा लैजान प्रतिवादी पक्ष एवं सरकार अहसमत देखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा सरकारी पक्षले यस्तो असहमती जनाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बृहत पूर्णं इजलास गठबबारे सरकारी पक्षको धारणा सोधेका थिए । जहाँ महान्यायाधिवक्ता अग्नि खरेलले सहमती छैन् भन्ने जवाफ दिएका हुन् ।

निवेदकहरूलाई संवैधानिक इजलासले १ घण्टा समय दिएको छ । अहिले प्रतिनिधि सभा विघटनविरुद्वका रिट संवैधानिक इजलासमै सुनुवाई गर्ने वा बृहत पूर्णं इजलासमा लैजाने भन्ने विषयमा वकिलहरुले बहस गरिरहेका छन् ।

पूर्वमहान्यायाधीवक्ता एवं वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले मुद्दा बृहत पूर्णं इजलासमा पठाउनुपर्ने माग दोहोर्याउँदै क्षेत्राधिकारको प्रश्न उठाएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार बिहान संवैधानिक इजलासको पुनर्गठन गरेका थिए । जबराले पुनर्गठन गरेको इजलासमा उनीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसी र सपना प्रधान मल्ल छन् ।

उनले न्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा मल्ललाई राखेका हुन् । यसअघि गत बुधबारको बहसमा सहभागी अधिवक्ताहरुले कार्कीको उपस्थितिमाथि प्रश्न उठाएका थिए । जसपश्चात कार्कीले इजलास छाड्ने घोषणा गरेका थिए ।

सम्बन्धित समाचार

संवैधानिक इजलास पुनर्गठन : कार्कीको ठाउँमा मल्लको इन्ट्री

प्रतिनिधि सभा विघटनविरुद्वको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सुरु

वि.सं.२०७७ पुस २९ बुधवार १३:३३ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...