२९ पौष, काठमाडौं । आठ वाणिज्य बैंकसहित ३१ वटा कम्पनीको आज पौष २९ गते बुधबार वार्षिक साधारणसभा हुँदैछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सूचीकृत भएका ३१ कम्पनीले एकैदिन सभा बोलाएका हुन् ।
आठ वाणिज्य बैंक, २ विकास बैंक, ८ लघुवित्त, ७ फाइनान्स, २ हाइड्रोपावर कम्पनी सहित हिमालयन डिस्टिलरी पुनर्बीमा कम्पनी, सोल्टी होटल र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले आज सभा डाकेका हुन् ।
उक्त सूचीकृत कम्पनीहरुले कम्पनी रजिस्ट्रारको कार्यालायको जरीवानाबाट बच्नका लागि र नियामकको नजरमा संस्थापक सुशासन भएको देखाउन दोस्रो त्रैमास अर्थात् पुस मसान्तभित्रै साधारणसभा भइसक्नुपर्ने हून्छ । जसले गर्दा धेरै कम्पनिहरुले आज अन्तिम दिन सभा गर्न लागेका हुन्।
वि.सं.२०७७ पुस २९ बुधवार १४:५० मा प्रकाशित





























