back
CTIZAN AD

पीएसजीका लागि सिजनको पहिलो उपाधि, तेस्रो खेलमानै पोचेटिनोको सफलता

वि.सं.२०७७ माघ १ बिहीवार

732 

shares

१ माघ, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सिजनको पहिलो उमाधि जितेको छ । माउरिसिओ पोचेटिनोले क्लब समालेको दुई साता नबित्दै उनले पीएसजीको लागि पहिलो उपाधि दिलाएका छन् ।

ट्रफी डेस च्याम्पियन्समा मार्सेलाई २-१ ले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो । पोचेटिनोले समालेको तेस्रो खेलमानै पीएसजीले उमाधि हात पारेको हो । टोटनहमका पूर्वप्रशिक्षक पोचेटिनो यही जनवरी पहिलो साता फ्रेन्च क्लबको प्रशिक्षक बनेका थिए ।

पीएसजीको जितमा माउरो इकार्डी ३९ मिनेटमा गोल गरेका थिएभने नेमारले खेलको दोस्रो हाफको ८५औं मिनेटमा पेनाल्टीमा गोल गर्दै उपाधि दिलाएका थिए । मार्सेलेको लागि दोस्रो हाफको ८९ मिनेटमा पाएतले गोल गरेपनि हार टार्न सकेनन् । फ्रेन्च लिग विजेता र कप विजेता बीच ट्रफी डेज च्याम्पियनन्समा प्रतिस्पर्धा हुँदै आएको छ ।

योसँगै पीएसजीले यो उपाधि सर्वाधिक १०औं पटक जितेको छ ।

वि.सं.२०७७ माघ १ बिहीवार ११:२४ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...