back
CTIZAN AD

अभिभावकका लागि केही टिप्स : आफ्ना नानी–बाबुको व्यवहार कसरी सुधार्ने ?

वि.सं.२०७७ माघ १ बिहीवार

1.4K 

shares

हामी आफ्ना नानी–बाबुहरु आफूले भनेको सबै मानुन् भन्ने सोच्छौँ, आफूले भनेको नमाने उनीहरुमाथि कुटपिट गर्ने, गाली गर्ने र अन्य बालबच्चासँग तुलना गरेर उनीहरुलाई मानसिक दबाब दिइरहेका हुन्छौँ ।

तर शिक्षाविद् मेदिन लामिछाने भने आफ्ना नानीबाबुको व्यवहार सुधार्न हामी अभिभावकहरुले उनीहरुलाई माया, ममता दिएर उनीहरुको रुचि अनुसार व्यवहार गर्नु पर्ने बताउँछन् । आफ्ना नाबी–बाबुको व्यवहार सुधार्ने उनका केही टिप्सहरु छन् ।

हेरुँ ती टिप्सहरु :

नानी-बाबुको व्यवहार सुधार्ने केही तरिका :
क) उनीहरूको कुरा सुनेपछि सकियो नभनौँ। हामीले उनीहरूको कुरा सहि बुझ्यौँ कि बुझेनौँ ? जाँचौँ।
ख) हामी उनीहरूले काम नबिगारेसम्म चुप लाग्छौँ। यसो नगरौँ। काम गर्नु अघि छलफल गरौँ।
ग) हामीले जित्ने र उनीहरूले हार्ने मानसिकताले कहिल्यै व्यवहार नगरौँ।

हामी नानी-बाबुलाई ;भोक लाग्यो,यो खाउ’ भन्छौँ। ‘निद्रा लाग्यो, सुत्न जाउ’ भन्छौँ। ‘थकाइ लाग्यो, आराम गर’ भन्छौँ। आहार, निद्रा, आराम जस्ता आवश्यकताको बोध उनीहरूलाई नै गर्न दिऔँ। यसले भोक लाग्दा खान माग्न, निद्रा लाग्दा सुत्न र थकाइ लाग्दा आराम गर्न सिकाउँछ। कसैको अनुमतिको पर्खाइमा बस्दैनन्।

नानी-बाबु हुर्कदै गर्दा उनीहरूले स-साना चुनौती सामना गर्नु पर्यो भने तत्काल मद्दत गर्न अघि नसरौँ। समस्या उनीहरूलाई नै समाधान गर्न दिऔँ। यसले उनीहरूको आत्मबल बढाउँछ। रचनात्मक सीप सिकाउँछ। सिकाइमा यो बहुमुल्य अवसर हो। उनीहरूको समस्यालाई बाधा होइन सिकाइको सुनौलो मौकाको रुमपा लिगौँ।

नानी-बाबुलाई आफ्नो क्षमता अनुसार हिँड्डुल गर्न दिऔँ। हाम्रो डरमा उनीहरूलाई नबाँधौँ। हाम्रो डरले उनीहरूलाई बाँध्दा आत्मनिर्भर बन्न सक्दैनन्। हाम्रो काम भनेको अबलोकन गर्ने हो। सुरक्षाको प्रत्याभूति गर्ने हो। सिकाइ बातावरण सिर्जना गर्ने हो। हात समाईदिने होईन। उठाएर काखमा बोकेर हिडने होईन।

हामी र नानी-बाबुको वीचमा समस्या आउँदा समाधानमा साझेदारी गरौँ। उनीहरूको विचार सुनौँ। आफ्नो विचार सुनाऔँ। दुबैको विचारबाट नयाँ विचार खोजौँ जसले गर्दा समस्या समाधानमा उनीहरूले अपनत्व लिने वातावरण बनोस्।’अपनत्व’ नभए समाधानको बाटोलाई गम्भिरतापुर्वक लिँदैनन्।

‘हामीले देखेको मात्र सहि छ। हामीले भनेको मात्र ठीक हो। हामीले सुनेको मात्र सत्य हो’ भन्ने सोचले हामीले नानी-बाबुको व्यवहार सुधार्न सक्दैनौँ। उनीहरूको दृष्ट्रीकोण पनि बुझौँ। हामीले भनेको कुराले हामी र नानी(बाबुलाई जोड्यो किरु छुट्यायोरुहेरौँ। जोडे हुर्काइ राम्रो, छुट्याए हुर्काइ प्रदुषित।

नानी-बाबुको व्यवहार सुधार्न उनीहरूलाई संलग्न गराऔँ। संलग्न गराउँदा ‘सिक्दै छन्, हुर्कँदै छन्, बढ्दै छन्’ भन्ने कुरा सम्झौँ। उनीहरूलाई बोल्ने मौका दिऔँ।’सिक्दा गल्ती हुन्छ’ भन्ने तथ्यलाई नविर्सौँ। व्यवहार सुधार्दा ‘व्यवहार र व्यक्ती’ छुट्याऔँ। सुधार्नु पर्ने व्यवहार हो, व्यक्ति होइन।

नानी-बाबुको अस्विकार्य व्यवहार सुधार गर्दा नाताको पदानुक्रमलाई परै राखौँ। यसले हामीलाई उनीहरुको तहमा झर्न र उनीहरुलाई बुझ्न मद्द्त गर्छ। हामीलाई उनीहरूले बुझुन् भन्ने लाग्छ भने हामीले पनि उनीहरूलाई बुझौँ।दुबैको आवश्यकता उत्तिकै महत्वपूर्ण हुन्। नानी-बाबु हुर्काउने सम्मानित तरिका।

नानी-बाबुको अस्विकार्य व्यवहार सुधार्ने हाम्रो परम्परागत ज्ञान भनेको उनीहरूलाई नियन्त्रण (Control) गर्ने हो। जसरि पनि नियन्त्रण गर्ने : भाषण छाँटेर, चिच्याएर,होच्याएर,हरेक कुरामा चासो राखेर, एक्ल्याएर, लोभ देखाएर, धम्की वा सजाय दिएर आदि। अब यसले काम गर्दैन। हामी नै परिवर्तन हुने कि ?

वि.सं.२०७७ माघ १ बिहीवार ११:२४ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...