१ माघ, काठमाडौं । युनाईटेड फाइनान्स लिमिटेडको २६औं वार्षिक साधारण सम्पन्न भएको । पौष २९ गते बुधबार युनाईटेड फाइनान्स लिमिटेडको सभाकक्ष दरवारमार्ग काठमाण्डौमा बिहान ११ः३० जुममार्फत् भिडियो काफरेन्सिङद्धारा सम्पन्न भएको हो।
।
संस्थाको सञ्चालक समितिका अध्यक्षश्री बसन्तकुमार चौधरी ज्युले जुममार्फत नै अध्यक्षतागर्नु भएको उक्तकार्यक्रममा सञ्चालकहरु श्री विष्णु कुमार अग्रवाल, श्री बेनीगोपाल मुन्दडा, श्री मनिष खेमका, श्री के.आर.बिजिमोन, श्री रोशनअधिकारी, श्रीमतिप्रभा पाण्डे साथै प्रमुखकार्यकारी अधिकृत अजयकुमार मिश्रलगायत संस्थाका उच्च पदस्थ अधिकारीहरु, लेखा परिक्षकहरु, कानुनी सल्लाहकार एवम् नियमनकारी निकायबाट पाल्नु भएका अतिथिहरुको उपस्थिति रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत तथाकम्पनी सचिवश्री अजयकुमार मिश्रले दिएको जानकारी अनुसार उक्त साधारण सभामा संस्थाको चुक्तापुँजीको करिब ८१ प्रतिसत प्रतिनिधित्व हुने गरी सेयरधनीहरुको प्रोक्शीमार्फत, भौतिक तथा भर्चुअल उपस्थिती रहेको थियो ।उक्त साधारण सभाले आ.ब. २०७६/७७को सञ्चालक समितिको वार्षिक प्रतिवेदन,संस्थाको लेखापरिक्षण प्रतिवेदन सहितको आ.व.२०७६/७७को वार्षिक वित्तिय विवरणहरु पारित ग्यो ।
संस्थाले आ.व. २०७७/७८ को लेखापरिक्षण गर्नको लागि संस्थाको लृखापरिक्षण समितिबाट सिफारिस गरिए बमोजिम लेखापरीक्षक आएएआर एसोसिएटलाई पुन नियुक्ती गरेको छ । सभामा सेयरधनीहरुले उठाएका विभिन्न जिज्ञासा तथा सुझावहरुका सम्बन्धमा सञ्चालक समितका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले जवाफ दिए ।
वि.सं.२०७७ माघ १ बिहीवार ११:४९ मा प्रकाशित






























