back
CTIZAN AD

आजबाट अन्तर बैंक एटीएम कारोबारमा शुल्क लागु

वि.सं.२०७७ माघ १ बिहीवार

663 

shares

१ माघ, काठमाडौं । आज देखि बैंक तथा वित्तिय संस्थाका ग्राहकले अन्तर बैंक एटिएम कारोबार गर्दा शुल्क लाग्ने भएको छ । यो व्यवस्था अनुसार बैंकहरुले माघ १ गते, विहिबार देखि अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन पाउने भएको हो ।

कोभिड संक्रमणको जोखिमबाट बच्‍च भन्दै सरकारले लकडाउन सुरु गरेदेखि (गत चैतमा) बैंक तथा वित्तीय संस्थामा एउटा बैंकको कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था गरेको थियो ।

एक बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड अन्य बैंक तथा वित्तीय संस्थाको एटीएम काउन्टरमा प्रयोग गर्दा मासिक २ वटा कारोबारमा शुल्क लाग्ने छैन । तर, मासिक २ कारोबार भन्दा धेरैमा प्रति कारोबार २० रुपैयाँका दरले तिर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको एटीएम काउन्टरमा प्रयोग गर्दा अझै पनि मासिक २ वटासम्म अन्तर बैंक एटीएम कारोबार ग्राहकले निःशुल्क गर्न पाउने छन् । दुई वटा भन्दा धेरै कारोबारको हकमा प्रति कारोबार २० रुपैयाँसम्म शुल्क उठाउन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको जनाएको छ ।

वि.सं.२०७७ माघ १ बिहीवार १३:४१ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...