back
CTIZAN AD

सिद्धान्त लोहनीको कप्तानीमा प्रदेश १ को १४ सदस्यीय टोली घोषणा

वि.सं.२०७७ माघ १ बिहीवार

618 

shares

१ माघ, काठमाडौं । प्रदेश नम्बर १ ले यही माघ पहिलो सातादेखि सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि टोलीको घोषणा गरेको छ ।

प्रदेश १ क्रिकेट संघले बुधबार सिद्धान्त लोहनीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । प्रदेश टोलीले चार जना वैकल्पिक खेलाडीका साथै १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

सिद्धान्त लोहनी (कप्तान) रहेको १४ सदस्यीय टोलीमा फिर्दोस अन्सारी, मिनास थापा ,राजन मगर, शुवांकर उराउ, दिपेश कँडेल, दिपक पासवान,श्रवन यादव, सोनु मण्डल , जोसक खड्का , विवेक मेहता , मनोज तामाङ,ज्ञानेन्द्र श्रेष्ठ, हेमन राई परेका छन् । त्यस्तै वैकल्पिकमा सुजन थपलिया, सरोज बस्नेत, प्रज्वल खत्री, आशिस श्रेष्ठ अटाएका छन् ।

टोलीले प्रशिक्षकमा लाक्पा लामा र बलिङ प्रशिक्षकको जिम्मा राजकुमार प्रदानलाई दिएको छभने अजय राजवंसिलाई टिम म्यानेजरको जिम्मेवारी दिएको छ । समूह ए मा रहेको प्रदेश १ ले आफ्नो पहिलो खेल माघ ३ गते एपीएफका विरुद्ध त्रिवि मैदानमा खेल्नेछ ।

वि.सं.२०७७ माघ १ बिहीवार १३:५१ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...