back
CTIZAN AD

कर्णालीमा माघी संक्रान्तिको उल्लास

वि.सं.२०७७ माघ १ बिहीवार

711 

shares

हिमाली क्षेत्र कर्णालीका गाउँबस्तीहरुमा आज माघी पर्वले हर्ष र उल्लास छाएको छ ।
घर लिपपोत गरि नयाँ खानपिन र नयाँ पहिरनका साथ कर्णालीका स्थानीयले माघ पर्व अर्थात माघी सक्राति मनाउदै छन् । हुम्ला, मुग,ु डोल्फा, कालिकोट र जुम्ला जिल्लाको गाउँस्तीहरुमा महिला पुरुष युवायुवती धुमधामका साथ माघी पर्व मनाइरहेका छन् । कर्णालीबासीका स्थानीयले भुवा पर्व मनाएकै भोली पल्ट माघी पर्व मनाउन पाउदा हर्षित भएका छन् ।

बुढापाकाहरु बिहानै त्रिबेणी दोभाव खोला नदी निकारमा गएर नुहाउने सुर्यलाई अर्घ दिने गर्छन् । माघे संक्रातिको दिनदेखि चिसो अन्तसंगै दिन लामो हुदै जाने बिश्वास छ । बर्षको एक चोटी आउने माघी संक्राति मनाउन घर बाहिर रहेका महिला पुरुष पनि घर जाने र परिवारसित खुशी बाँडेर माघी संक्राति मनाउने गर्छन ।

माघी संक्रातिको दिनमा बिहान बिभिन्न मिठो खाने कुरा खाएर दिउँसो पिपल चौतारी सार्बजनिक स्थानमा गएर महिलाले देउडा खेलेर रमाइलो गर्ने गरेका छन् । बिशेष गरि माघी सक्रातिमा अबिबाहित चेलीहरु बढी देउडामा रमाउने गर्छन् । माघी सक्राति आएपछि मनमा खुशी छाएको सोरु गाउँपालिका–४ कि गुन्जला देबि शाहीले बताइन् । देउडा खेलेर मिठो खाने कुरा खाएर रमझम गर्ने चलन रहेको उनको भनाई छ युवाहरुले भलिबल फुटबल खेलेर रमाइलो गर्ने चलन छ ।

छोरीचेलीलाई निम्तो
माघी सक्रातिको दिनमा परिवारले बिशेष गरि छोरीचेलीलाई निम्ति गरि मिठो खाने कुरा दिने दक्षिणा दिने चलन छन् । माघमा बिबाहित तथा अबिबाहित छोरीचेलीलाई सत्कार गरे धर्म हुने बिश्वास छ । माघी सक्रातिको अघिल्लो दिनमै छोरीचेलीलाई भात निम्तो दिने चलन छन । बिबाहित महिलाहरु घर बाट पुरी खिर केरा लिएर माइतमा माघी मनाउन जाने गरेका छन् ।

कौवा डाक्ने चलन
कर्णालीमा माघी सक्रातिको दिनमा बिशेष गरि कौवा बोलाएर भात दाल पुरी तरकारी खुवाउदा पुण्य हुने भन्ने बिश्वासले सत्कार गर्ने चलन छ । केरा, भोजपत्रको पातमा सबै परिवार राखेर घरको छतमा उक्लेर कौवालाई डाकेर खुवाउने चलन छन् ।

माघीमा कौवा डाक्ने चलन पुर्खादेखि नै चलि आएको बुढापाकाको भनाई छ । कागले शुभ समाचार ल्याओस पुण्य प्राप्त होस भन्ने हेतुले माघी सक्रातिमा कौवालाई मिठो खाने कुरा दिएर सत्कार गर्ने चलन रही आएको छायाँनाथ रारा नगरपालिका स्थित गमगढीका पुजारी ज्ञान प्रसाद भट्टले बताए ।
दसैं तिहारको एमपञ्चकमा कौवालाई पूजा गरिन्छ भने माघी सक्रातिमा कौवा डाकेर मिठो खाना दिने चलन पुर्खाले चलाएको भट्टको भनाई छ ।

जनजाति बस्तीमा ल्होछार
मुगुको उत्तरी भेग मुगुम कार्मारोङ गाउँपालिकामा आज देखि ल्होछार पर्व सुरु भएको छ । आदीबासी जनजातिको बाहुल्यता रहेको मुगुम कार्मारोङ गाउँपालिका भित्रका स्थानीयले नयाँ पहिरन ठूला बाट आर्शिबाद एक आपसमा खुशी साटदै मिठो खानपिनका साथ हर्ष उल्लासका साथ ल्होछार पर्व मनाउदैछन् । ल्होछार पर्व आएपछि खुशी लागेको माग्री गाउँका छेवाङ लामाङले बताए ।

ल्होछारमा धनुष बाण फुटबल भलिबल खेलेर रमाइलो गर्ने गरेको उनको भनाई छ । गाउँपालिका भित्रका स्थानीयलाई हर्ष उल्लास तरिकाले ल्होछार पर्व मनाउनको लागि गाउँपालिकाको बैठकले ३ दिन सार्बजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष छिरिङक्याप्ने लामाले बताए ।
गाउँपालिका भित्रका सबै जनजातिको करिव १५ दिनसम्म धुमधामका साथ ल्होछार पर्व मनाउने अध्यक्षको भनाई छ ।

 

वि.सं.२०७७ माघ १ बिहीवार १४:१७ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...