back
CTIZAN AD

एड्जोनको अध्यक्षमा पुनः पवित्रा सुनार निर्वाचित

वि.सं.२०७७ माघ २ शुक्रवार

786 

shares

२ माघ, काठमाडौँ । क्रियाशील दलित पत्रकार संघ, नेपाल (एड्जोन)को अध्यक्षमा पवित्रा सुनार पुनः दोस्रो कार्यकालका लागि चयन भएकी छिन् ।

राजधानीमा मंगरबार सम्पन्न संघको पहिलो साधारणसभा तथा अधिवेशनले नागरिक दैनिकमा कार्यरत सुनारको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारणसभामा बाबुराम विश्वकर्मा संयोजक रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

जस अनुसार संस्थाको उपाध्यक्षमा केशव भुल (नेपाल प्रेस) र केसर विश्वकर्मा (दर्पण दैनिक) चयन भएका छन् भने महासचिवमा विश्वास खड्काथोकी (अनलाइन खबर) निर्वाचित भएका छन् ।

महासचिव पदका लागि खड्काथोकी र विष्णु विश्वकर्माका बीचमा चुनाव भएको थियो ।
यस्तै, सचिवमा रमेश टमटा (रेडियो नेपाल), सन्देश परियार, प्रदेश सचिवतर्फ धर्मसिंह विक र कोषाध्यक्षमा सिर्जना बराल(हिमालय टिभी) चयन भएका छन् ।

संस्थाको सदस्यहरूमा प्रकाश धौलाकोटी (नयाँ पत्रिका), मिलन विश्वकर्मा (अभियान दैनिक), मञ्जु टेलर (नयाँ पत्रिका), मदन विक, विष्णु परियार (नेपाल समाचारपत्र), सरिशा अछामी (काठमाडौं प्रेस), विक्रम सुनार (अर्थतन्त्र डटकम), रूपा सुनार (इमेज टिभी), मदन विश्वकर्मा र जसिन्द्र श्रीपाली चयन भएका छन् ।

सो अवसरमा अग्रज पत्रकारहरू कसमस विश्वकर्मा, प्रकाशचन्द्र परियार, बाबुराम विश्वकर्मा र गोविन्द परियारलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कोरोना कालमा दलित समुदायमा परेको प्रभावका विषयमा समता फाउन्डेसनले अध्ययन गरी तयार गरेको पुस्तक विमोचन भएको थियो । सञ्चारमन्त्री गुरुङले पुस्तक विमोचन गरेका थिए ।

वि.सं.२०७७ माघ २ शुक्रवार ०८:१६ मा प्रकाशित

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...