back
CTIZAN AD

आन्दोलनबाटै प्रतिगमन सच्चिनेमा नेता नेपालको विश्वास

वि.सं.२०७७ माघ २ शुक्रवार

672 

shares

२ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आन्दोलनबाटै प्रतिगमन सच्चिने बताएका छन ।उनले यो असहजता ल्याएका प्रधानमन्त्री केपी शर्मा ओलिले आत्मालोचना गर्दै विश्राम लिने आशा समेत ब्यक्त गरेका छन् ।

नेपाल बुद्धिजीवी संगठनले बिहीबार गरेको ‘प्रतिनिधिसभा विघटन : प्रतिगामी कदम’ विषयक अन्तरक्रियामा धारणा राख्दै नेता नेपालले मुलुकले प्रधानमन्त्री ओलिको भार धेरै बोकिराख्न नसक्ने भन्दै यस्तो अभिब्यक्ति दिएका हुन् ।

प्रधानमन्त्री ओली नेकपाको केन्द्रीय सदस्य कायमै रहेको बताउँदै नेपालले भने, ‘ओली नेकपाका अध्यक्ष होइनन, उनको गुट मात्र हो । उनले अहिले पनि अनेकौं गलत काम गर्दै हिँडेका छन । अहिलेसम्म पार्टी सदस्य त छन अब उनको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखिएको छ । प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम असवैधानिक भएको हुँदा सर्वोच्चले जनताको पक्षमा फैसला गर्ने अपेक्षा व्यक्त गरे ।

उनले ओलीले घोषणा गरेको निर्वाचन हुने सम्भावना नै नरहेको पनि धारणा राखेका थिए । ओलिले एक चौथाइको उपस्थितिमा विधान र पद्धतिभन्दा बाहिर गएर विधान संशोधन गरेको आफूहरुसँग भन्दै दुई तिहाइ बहुमत आफुहरुसंग रहेको दाबी गरे । ओली विधान पनि नमान्ने, बहुमत पनि नमान्ने र आफ्नो निर्णय नै सर्वेसर्वो ठान्ने मानसिकता भएको व्यक्ति भएको बताएका थिए । उनले गणतन्त्र विरोधी ओलीलाई सत्ता र पार्टीमा पु¥याएर आफूहरुले गल्ति गरेको धारणा राखेका थिए ।

सो कार्यक्रममा प्रचण्ड–नेपाल समूहका प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटनको प्रतिगामी षड्यन्त्र सफल हुन नदिने बताएका छन् । उनले भने, ‘केपी ओली सरकारद्वारा चालिएको असंवैधानिक प्रतिगमन माथि सफलता मिल्ने छ । प्रतिगामी षड्यन्त्र सफल हुन दिँदैनौं ।’ केपी ओलीले संविधान, लोकतन्त्र र जननिर्वाचित संस्थामाथि प्रतिगामी प्रहार गरेको बताउँदै श्रेष्ठले यो असंवैधानिक कदमलाई अदालतले खारेज गर्ने र संसद पुनस्र्थापना हुने विचार समेत राखे ।

सत्ताधारीले अदालत र निर्वाचन आयोगमा सेटिङ गरिएको भनेर प्रभाव पार्न खोजिएको बताउँदै तर अदालत र आयोगले संविधान र विधानअनुसार नै निर्णय लिने विश्वास समेत उनले व्यक्त गरे ।

चीनका लागी पूर्वराजदूत एवं नेकपाका केन्द्रीय सदस्य टंक कार्कीले ओलीमा तानाशाह प्रवृत्तिको विकास भएकाले पार्टी आज संकटको अवस्थामा पुगेको बताए । ओलीले आफूलाई समाजवादी, कम्युनिस्ट भन्दै आएको तर प्रवृत्ति तानाशाहीको देखाएको कार्कीको भनाई छ । उनले पार्टीको नेतृत्वमा अधिनायकवादी प्रवृत्ति विकास भएको हुँदा देशले राजनीतिक संकट खेप्न परेको बताए ।

‘दुनियाँले स्वीकार गरेको राजनीतिक प्रणालीको सबै भन्दा उच्चतम व्यवस्था गणतान्त्रिक लोकतान्त्रिक प्रणालीमा नेपाल रहँदा पनि राजनीतिक संकट निम्तिनुमा पार्टी नेतृत्वले निर्माण गरेको संरचना, संस्थाहरू र अवलम्बन गरेको मूल्य जिम्मेवार रहेको’ कार्कीले बताए । केपी ओलिले गल्ती गर्दा क्षमा दिँदै जाने काम नेतृत्वमा बस्ने नेताहरुबाट भएको हुँदा आजको यो दुर्घटना निम्तीएको समेत उनको भनाई थियो ।

सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल दासले संसद पुनस्र्थापना हुनेमा ढुक्क रहन आग्रह गरे । पूर्वन्यायाधीश लालले संविधानको व्याख्या गर्दा सर्वाेच्चले संसदको पुनस्थापना गर्नै पर्ने बताए । उनले भने ‘अचेत पार्ने प्रयास गरीएको मात्र हो जुरुक्क उठीहाल्छ । ’ सत्ताधारीहरुले पुर्व न्यायाधिशलाई नबोल्न चेतावनी दिएकाप्रति उनले संवैधानीक र कानुनी रुपमै प्रतिवाद गरेका थिए ।

कार्यक्रमका अर्का मुख्य वक्ता संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संविधानमा संसद बिघटनको कहीँ व्यवस्था नभएको बताउँदै प्रधानमन्त्रीको संसद विघटनको निर्णय असंवैधानिक भएको बताए । उनले कानूनअनुसार नेकपा र सूर्य चिन्ह केपी शर्मा ओलीलाई दिनै नमिल्ने धारणा राखे ।

संविधानमा निर्वाचित प्रतिनिधिविहीन संसदको परिकल्पना नगरिएको उल्लेख गर्दै उनले संविधानमा भएको व्यवस्था बारे प्रकाश पारेका थिए । निर्वाचित प्रतिनिधिविहीन संसदको परिकल्पना संविधानले नगरेको स्पष्ट पारे । कार्यक्रममा बोल्दै देवकोटाले विश्वका अभ्यास र प्रयासहरु तथा नेपालमा संविधान निर्माणका बेला सुवास नेम्वाङ र अग्नि खरेलका धारणा समेत संस्मरण गराएका थिए ।

कार्यक्रमका अर्का मुख्यवक्ता डा. चन्द्रकान्त ज्ञवालीले संविधानमाथि यसअघि गरिएका प्रहारहरुलाई घरको चारपिल्लरका रुपमा संस्मरण गराउँदै क्रमशः एउटा पिल्लर ढाल्दै अरुमाथि आक्रमण भएको बताएका थिए । उनले यसअघिका असंवैधानिक प्रयासलाई रोक्न राजनीतिज्ञहरुले कुनै अवरोध नगरेकोमा क्षोभ व्यक्त गरेका थिए ।

संघीय गणतन्त्र नेपालमाथिको प्रहार र यसअघि फिर्ता गरिएको अध्यादेशलाई मुलभूत व्याख्या गर्दै उनले अन्तिमको आक्रमण(प्रतिनिधिसभा विघटन)पछि सबैलाई मर्माहित बनाएको बताए ।

संसदीय अभ्यास रहेका ६० देशको अध्ययन गरेका संविधानविद् ज्ञवालीले नेपालमा यस्तो अचम्मैको घटना हुन दिनुमा राजनीतिक नेतृत्व र बुद्धिजीवीहरुसमेत जिम्मेवार रहेको बताए । उनले संविधान र कानुनको सहि व्याख्या गर्नेहो भने केपी ओलिको कदम स्वतहः असंवैधानिक हुनेमा कुनै दुविधा नरहेको समेत उनले उल्लेख गरे ।

कार्यक्रममा बोल्दै प्राध्यापक डा. रमेश भट्टराईले शासन सत्ताको निरंकुशता र ज्यादतिको विरोधमा बुद्धिजीवीको ठूलो भूमिका हुने धारणा राखे । उनले राज्यसत्ता प्रतिगमनको बाटोमा अघि बढिरहेको बेला त्यसलाई सच्चाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विमर्श गर्नुपर्ने समय आएको बताए । देशले राजनीतिक संकट खेपिरहेको बेला सार्वजनिक रूपमा बुद्धिजीवी नबोल्नु दुखद् भएको बताउँदै उनले देशका समस्याका बारेमा नबोल्ने व्यक्ति सार्वजनिक बुद्धिजीवी हुन नसक्ने अभिव्यक्ति दिएका थिए ।

प्राध्यापक डा इन्दु आचार्यले राजनीतिक संकटको निकास निर्वाचन मात्र नभएको बताएकी छन् । कार्यक्रममा बोल्दै उनले राजनीतिक संस्कृतिको विकाश नहुँदासम्म निर्वाचनले मात्र समाधान दिन नसक्ने बताएकी हुन् ।

उनले प्रधानमन्त्रीइतरका पक्षबाट चुनावमा जान डराउनेहरू विरोधमा उत्रिरहेको भनेर आइरहेका प्रतिक्रिया सत्य नभएको बताइन् । चुनावले प्रतिनिधि मात्र छनोट गर्ने, तर राजनीतिक संस्कारको विकाश गर्न नसक्ने उनको भनाई छ । नेपालमा राजनीतिक संस्कारको विकास हुन नसक्दा यस्ता खालका अस्थिरता निम्तिने गरेको उनले बताइन् ।

कार्यक्रममा वरीष्ठ अधिवक्ता तथा कानुनविद उपेन्द्र पौडेलले स्वदेश तथा बिदेशका विघटनका अभ्यासहरु बताउदै प्रधानमन्त्री ओलीले संबिधानमाथि अपराध गरेको बताएका थिए ।

आयोजक नेपाल बुद्धिजीवी संगठनका संयोजक डा दिनेशचन्द्र देवकोटाले नेकपाका आठ लाख मध्ये सात लाख पार्टी सदस्य प्रचण्ड–नेपाल समूहमा रहेको बताउदै ठुलो शक्ति एकजुट भएर आन्दोलनमा लागे प्रतिगमन पल्टीने निश्चित भएको बताएका थिए ।

पार्टी एकताको बाकी प्रक्रियालाई चाँडै टुङग्याउनुपर्ने भन्दै उनले पार्टीलाई गतिशिल र प्रदेशलाई व्यवस्थीत गर्नु पर्नेमा जोड दिए । साथै उनले पार्टी एकतालाई टुङग्याउदै जनसंघर्षमा जुट्न आग्रहसमेत गरे । उनले नेकपा हिजोको माओवादी केन्द्र र हिजोको नेकपा एमालेको धङधङीबाट बाहिर उठेर फेरि माक्र्सवादी दृष्टिकोणमा, द्धन्द्धात्मक भौतिकवादी दृष्टिकोणमा र जनताको पक्षमा उभिने गरी जानुपर्नेमा जोडदिएका थिए ।

सामाजिक तथा राजनैतिक जीवनको विभिन्न पेशामा आवद्ध वुद्धिजीवीहरुको बाक्लो उपस्थितिमा आयोजित सो कार्यक्रमको संचालन संगठनका सहसंयोजक कृष्णराज केसीले गरेका थिए ।

वि.सं.२०७७ माघ २ शुक्रवार ०७:४७ मा प्रकाशित

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...