back
CTIZAN AD

प्रदेश प्रहरीद्वारा ‘प्रहरी दर्पण’ कार्यक्रम सञ्चालन

वि.सं.२०७७ माघ २ शुक्रवार

669 

shares

२ माघ, बाग्मती । बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रहरीले गरेको गतिविधिलाई जनतासामु सार्वजनिक गर्न पाक्षिकरूपमा टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ सञ्चालनमा ल्याएको छ ।

प्रदेश राजधानी हेटौँडाबाट सञ्चालनमा आएको पहिलो स्याटेलाइट टेलिभिजन नेशनल गोल्ड एचडीमार्फत हरेक महिनाको १ र १५ गते प्रसारण हुने गरी कार्यक्रम प्रसारण आरम्भ गरेको हो ।

बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडामा बिहीबार आयोजित टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ शुभारम्भ कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले टेलिभिजनको प्राविधिमार्फत कार्यक्रमको शुभारम्भ गरे ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेशभित्रका सबैखाले सुरक्षा संयन्त्रलाई हरेक प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार गरेको जानकारी दिए ।

बाग्मती प्रदेशअन्तर्गतका प्रहरी एकाइबाट सम्पादित काम कारवाहीको सम्बन्धमा आम नागरिकलाई जानकारी गराउने र शान्तिपूर्ण समाज निर्माणमा नागरिक दायित्वलाई प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन थालिएको हो ।

पाक्षिकरूपमा आधा घण्टाको ‘प्रहरी दर्पण’ कार्यक्रम नेशनल गोल्ड टेलिभिजनबाट बेलुकी ७ः३० बजे नियमित प्रसारण हुनेछ । उक्त कार्यक्रम बाग्मती प्रदेशअन्तर्गत कार्यरत प्रहरी कर्मचारीहरुबाट नै निर्माण तथा सञ्चालन गरिनेछ ।

शान्ति सुरक्षा कायम राख्ने तथा अपराध रोकथाम गर्ने सन्दर्भमा आम नागरिकलाई सजग गराउन विभिन्न रचनात्मक तथा सन्देशमूलक सामग्री प्रसारण गर्ने र प्रहरी काम कारवाहीको सम्बन्धमा नागरिकबाट राय सुझाव सङ्कलन गर्न टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ सञ्चालनमा ल्याइएको प्रहरीको भनाइ छ ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले शान्ति सुरक्षा कायम राख्ने तथा अपराध रोकथाम गर्ने सन्दर्भमा आम नागरिकलाई सजग गराउन विभिन्न रचनात्मक तथा सन्देशमूलक सामग्री प्रसारण गरिने योजना रहेको जानकारी दिए ।

प्रहरी काम कारवाहीको सम्बन्धमा नागरिकबाट राय सुझाव सङ्कलन गर्नुका साथै शान्तिपूर्ण समाज निर्माणमा नागरिक दायित्वलाई प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
रासस

वि.सं.२०७७ माघ २ शुक्रवार ११:३० मा प्रकाशित

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...