back
CTIZAN AD

जो रुटको श्रीलंका विरुद्ध सतक पुरा, इंल्याण्ड बलियो स्थितीमा

वि.सं.२०७७ माघ २ शुक्रवार

615 

shares

२ माघ, काठमाडौँ । इंल्याण्ड टेस्ट क्रिकेट टिमका कप्तान जो रुटले श्रीलंका विरुद्धको पहिलो टेस्टमै सतक जडेका छन । उनले श्रीलंका विरुद्ध १६३ बलमा आफ्नो टेस्ट करियरको १८ औँ सतक पुरा गरेका छन ।

पहिलो टेस्टमा टस जितेर पहिले ब्याटिङ्ग गरेको श्रीलंका ४६.५ ओभरमा १३५ रन बनाएर अलआउट भएको थियो । श्रीलंकाका लागि ब्याटिङ्गमा दिनेश चान्दिमलले सर्वाधिक २८ रन बनाएका थिए । इंल्याण्डका लागि बलिङ्गमा भने डोमिनिक बेसले १० ओभरमा ३० रन खर्चेर ५ विकेट हात पारेका थिए भने स्टूअर्ट ब्रडले ९ ओभरमा २० रन दिएर ३ विकेट लिएका थिए ।

श्रीलंका अलआउट भएपछि आफ्नो पहिलो इनिङ्गस लिएर आएको इंल्याण्ड ६४ ओभरमा ३ विकेट गुमाएर २१३ रनमा ब्याटिङ्ग गरिरहेको छ । इंल्याण्डका कप्तान जो रुट १०४ रनमा नटआउट रहेका छन भने डेनियल रसेन्स ४२ रनमा नटआउट रहेको छन । इंल्याण्डले पहिलो इनिङ्गसमा श्रीलंका विरुद्ध ७८ रनले लिड लिएको छ ।

वि.सं.२०७७ माघ २ शुक्रवार १३:४८ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...