back
CTIZAN AD

अखिल छैठौंका अध्यक्ष पोखरेल भन्छन् – प्रचण्ड–नेपाल आन्दोलन होइन सत्ता बार्गेनिङ्गमा छन्

वि.सं.२०७७ माघ २ शुक्रवार

852 

shares

माघ २, काठमाडौं । अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको समुह र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको समुहमा भिन्नता नरहेको टिप्पणी गरेका छन् । उनले दुवैको रणनीति सत्ता प्राप्तीमा मात्रै केन्द्रीत भएको बताए ।

प्रचण्ड–नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग आन्दोलन नभई सत्ता साझेदारीको निर्लज्ज प्रस्ताव राखेको पोखरेलको भनाई छ । प्रचण्ड–नेपाल संविधान र संसदको नभई सत्ता साझेदारीको बार्गेनिङमा रहेको उनले बताए ।

प्रचण्ड नेपालले देउवासँग पुगेर संयुक्त आन्दोलनको होइन, निर्लज्ज तरिकाले सत्ता साझेदारीको प्रस्ताव गरे ! सत्ताको होइन,…

Posted by Bimal Pokharel on Thursday, January 14, 2021

सामाजिक सञ्जालमार्फत पोखरेलले भनेका छन् – प्रचण्ड नेपालले देउवासँग पुगेर संयुक्त आन्दोलनको होइन, निर्लज्ज तरिकाले सत्ता साझेदारीको प्रस्ताव गरे ! सत्ताको होइन, कुरा संविधान र संसद विघटनको हो । संसद विघटनविरुद्धको आन्दोलन सत्ता साझेदारीको बार्गेनिङमा पुगेर यति छिट्टै नाङ्गेझार हुनेछ भनेर कसैले सोचेको थियो रु ओलीलाई जस्तै यिनीहरूलाई पनि संविधान र संसद होइन, सत्ता चाहिएको हो ।

गत बुधबार प्रचण्ड र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्दै सत्ता साझेदारीको प्रस्ताव राखेका थिए । तर, देउवाले भने उक्त प्रस्तावमा असहमती राखेको कुरा सार्वजनिक भएको छ ।

वि.सं.२०७७ माघ २ शुक्रवार १३:४४ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...