back
CTIZAN AD

हालसम्म कै सबैभन्दा ठूलो आईपिओ खुल्यो, कसरी भर्ने ?

वि.सं.२०७७ माघ २ शुक्रवार

744 

shares

२ माघ, काठमाडौं । नेपालमा हालसम्म कै सबैभन्दा ठूलो प्रथमिक कित्ता सेयार (आईपिओ) खुलेको छ । नेपाल सरकारले २०७५ सालमा सार्बजनिक संस्थानको रुपमा स्थापना गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सो आईपिओ शुक्रबार जारी गरेको हो ।

कूल पूँजी २० अर्ब भएको सो कम्पनीको हाल चुक्ता पूँजी कूल पूँजीको ६० प्रतिशत अर्थत १२ अर्ब रहेको छ भने कम्पनीले कूल पूँजीको ४० प्रतिशत अर्थत ८ अर्बको आईपिओ जारी गरेको छ । आईपिओ जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २० अर्ब पुग्ने छ । जुन नेपालमा हालसम्मकै धेरै हो ।

कम्पनीको जारी पूँजी रु.२० अर्वको ४० प्रतिशतले हुन आउने रु.८ अर्व रकम बराबरको प्रति शेयर रु.१०० अंकित दरका ८ करोड कित्ता शेयर मध्ये ०.२० प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरु तथा ०.५ प्रतिशत ले हुन आउने ४० लाख कित्ता शेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहने ७ करोड ५८ लाख ४० लाख कित्ता सेयर सर्बसाधारणका लागि निस्कासन भएको हो ।

कसरी भर्ने ?
सेयरमा आबेदन दिन चाहाने जोसुकै नेपाली नागरीकले बैक तथा मेरो सेयर मार्फत आबेदन दिन सक्नेछन् । त्यसका लागि अनिबार्य रुपमा आबेदकको हितग्राहि (डिम्याट) खाता हुनुपर्नेछ । आबेदकले कम्तिमा रु १ हजार बराबरको १० कित्तादेखि अधिकतम रु २ अर्ब बराबरको २ करोड कित्तासम्म सेयरमा आबेदन दिन सक्नेछन ।

कम्पनीका अनुसार रु.५ लाखसम्म रकम बराबरको आवेदन गर्ने अबेदकले स्वेच्छिक रुपमा र रु.५ लाख भन्दा बढी रकम बराबरको आवेदन गर्ने तथा अबेदकको अनिवार्य रुपमा प्यान नम्बर दरखास्त फारममा खुलाउनु पर्नेछ ।

को को प्रमुख संस्थापक सदस्यहरु
यो कम्पनीको मूख्य संस्थापक सदस्यहरुमा नेपाल सरकार (२ करोड कित्ता)का अलवा इमर्जिङ्ग नेपाल(२५ लाख कित्ता), एनआईसी एशिया बैंक(१ करोड कित्ता), ग्लोबल आईएमई बैंक (१ करोड ९ लाख ५० हजार कित्ता), प्रभु बैंक (९८ लाख ३३ हजार कित्ता), नेपाल पुर्नबिमा कम्पनी (४९ लाख ४२ हजार कित्ता), लाईफ इन्स्योरेन्स कम्पनी ८४ कित्ता), एशियन लाईफ इन्स्योरेन्स (३५ लाख कित्ता), नेपाल लाईफ इन्स्योरेन्स (१ करोड ७९ लाख कित्ता), नितेश अग्रवाल(२४ लाख २५ हजार कित्ता), बिशाल ग्रुप (१५ लाख कित्ता), नेपाल इन्भेष्टमेण्ट बैंक (१ करोड कित्ता), तथा एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछाने (१२ लाख ५० हजार कित्ता) रहेका छन् ।

सरकारी बाहेकका यी सबै कम्पनीहरु नेपालमा अत्याधिक नाफा कमाउने कम्पनी तथा व्यक्तिहरु हुन् ।

कति छ त बैंकको नाफा ?

२०७५ साल जेठमा स्थापना भएको बैंकको नाफा पनि राम्रो भएको देखिएको छ । बैंकले प्रकाशित गरेको बित्तिय बिबरण अनुसार बैंक स्थापना भएको बर्ष आ.ब. २०७४/७५ मा बैंकले ९ करोड ४५ लाख ६३ हजार नाफा गरेको छ । त्यस्तै आ.ब.२०७५/७६ मा बैंकले ६२ करोड ३२ लाख १९ हजार नाफा गरेको छ ।

गत आर्थिक बर्ष २०७६/७७ मा बैंकले १ अर्ब २३ करोड ४३ लाख ७१ हजार नाफा गरेको छ ।

बैंकले आगामी बर्षमा हुनसक्ने नाफाको प्रक्षेपण पनि गरेको छ । उसले गरेको प्रक्षेपण अनुसार चालु आर्थिक बर्ष २०७७/७८ मा बैंकले १ अर्ब ७४ करोड ४३ लाख १२ हजार तथा आगामी आर्थिक बर्ष २०७८/७९ मा १ अर्ब ३७ करोड ९ लाख ९७ हजार र आ.ब. ७९/८० मा १ अर्ब ५९ करोड, ९६ लाख ३० हजार कमाई हुने देखिएको छ ।

कम्पनीले धिताेपत्र निस्कासन तथा बाँडफाँड प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाइ नियुक्त गरेकाे छ ।

सेयर बजारको इतिहासमा सबैभन्दा ठुलो आईपीओ आजदेखि खुला

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि

 

वि.सं.२०७७ माघ २ शुक्रवार १३:३२ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...