back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा माघ ३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ माघ ३ शनिवार

807 

shares

३ माघ, काठमाडौं । नेपालमा शनिबार (३ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ८ हजार ९४४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३ हजार ८१९ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ४०५८ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८२३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ३,२३५ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १६९ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ३, बागमती प्रदेशमा ६०, गण्डकी प्रदेशमा ६३, लुम्बिनी प्रदेशमा ४०, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिममा १ जना गरी जम्मा १६९ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा ९ जना, लुम्बिनी प्रदेशमा ६ जना र सुदूरपश्चिममा २ गरी जम्मा ३८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा २३१ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला कालिकोट, रुकुम पश्चिम र मुगु रहेको छ ।

आज थपिएका २४० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । साथै आज ४७७ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ६ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९५४ पुगेको छ ।

आज देशैभरी २४० जनामा कोरोना संक्रमण, ४७७ जना निको, ६ जनाको मृत्यु
३ माघ, काठमाडौं । नेपालमा आज देशैभरी २४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ८१७ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १३१ जनासहित देशैभरी २४० जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ८७ र १५३ जना पुरुष रहेका छन् ।

आज थपिएका २४० जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६७ हजार ५७ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ४७७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४७७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६१ हजार ४४ पुगेको छ । निको हुनेको यो दर ९७.८ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५४ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३,२३५ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

जसमा प्रदेश १ मा १२०,प्रदेश २ मा ८२, बागमती प्रदेशमा २३४२ गण्डकी प्रदेशमा १६०, लुम्बिनी प्रदेशमा ३५७, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा १४१ जना गरी ३,२३५ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ८२३ जनाको उपचार भइरहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमित ४३०१ मात्रै, यस्तो छ हालसम्मको अन्य विवरण

वि.सं.२०७७ माघ ३ शनिवार १७:५२ मा प्रकाशित

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु सहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...