४ माघ, काठमाडौं । एनआई सी एशिया लघुवित्तको तेश्रो वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ । साधारण सभाले चालु आ.व २०७६/७७ कोे वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात , नाफा नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ ।
कम्पनीले एनआई सी एशिया लघुवित्त र स्वदेशी लघुवित्त बीचभएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई समेत साधारण सभाले पारित गरेको छ ।
त्यस्तै संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा पनि समयानुकुल संशोधन गरिएको छ ।
साधारण सभाले सर्वसाधारण शेयरधनिको तर्फबाट दुईजना संचालकहरुलाई संचालक समितिमा नियुक्त गरेको छ । यो लघुवित्त स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदानगर्न सफलभएको कम्पनीले जनाएको छ ।
आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्थाप्रतिको भरोसा सहितहाल १२० शाखाकार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित झण्डै ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवाप्रदानगर्दै आइरहेको पनि कम्पनीले जनाएको छ ।
‘साथीसंगै सवलबन्दै’ भन्ने मुल नाराकासाथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथावित्तीय संस्थाहरुको उपस्थितिन्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालनगर्दै आइरहेको जनाएको छ ।
वि.सं.२०७७ माघ ४ आइतवार ११:३३ मा प्रकाशित





























