back
CTIZAN AD

नवलपुरमा भेटिए पाँच प्रजातिका नयाँ चरा

वि.सं.२०७७ माघ ५ सोमवार

744 

shares

५ माघ, नवलपुर । जलपक्षी गणनाका क्रममा नवलपुर क्षेत्रमा पाँच प्रजातिका नयाँ चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा नारायणी नदीका विभिन्न भङ्गालो र सिमसारमा गणना गरिएको थियो ।

गत पुस २६ देखि यही माघ १ सम्म गरिएको गणनाका क्रममा नवलपरासी बर्दघाट–सुस्तापूर्वमा पाँच प्रजातिका नयाँ जलपक्षी भेटिएका हुन् । निकुञ्ज अन्तर्गत पश्चिम क्षेत्रका जलपक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष यस क्षेत्रमा लाल ठुँडे हाँस, पानी चाह, चत्राङ, कैलो टाउके हाँस र मालचरी जलपक्षी गणना गरिएको जानकारी दिए ।

यी प्रजातिका चरा निकुञ्जको पश्चिम क्षेत्रमा पहिलो पटक देखा परेका उनको भनाइ छ । निकुञ्जको पश्चिम क्षेत्र अन्तर्गत पर्ने नारायणीको भङ्गालो तथा सिमसार क्षेत्रमा विभिन्न ४६ प्रजातिका जलपक्षी भेटिएका समेत उनले जानकारी दिए ।

निकुञ्जको नवलपरासी क्षेत्रमा यसवर्ष जलेवा चराको सङ्ख्यामा वृद्धि भएको उनले जानकारी दिए । यसवर्ष गरिएको गणनाका क्रममा पश्चिम क्षेत्रमा दुई हजार ८१७ जलेवा भेटिएका थिए ।

गणनाका क्रममा पानी गौँथली, नेपाली हरिहाँसको सङ्ख्यासमेत वृद्धि भएको पाइएको उनले बताए । केही प्रजातिका जलपक्षीको सङ्ख्या बढेको भए पनि चखेवाको सङ्ख्यामा भने कमी आएको संयोजक चौधरीको भनाइ छ ।

उनका अनुसार गत वर्ष ६ हजार ३१३ वटा भेटिएको चखेवा यस वर्ष पाँच हजार ५७६ वटा मात्रै भेटिएका छन् । पाँच दिन लगाएर गरिएको चरा गणनाका क्रममा जिल्लाको गैँडाकोटमा पर्ने सिख्रौलीघाटदेखि त्रिवेणीसम्मको क्षेत्रलाई तीन भागमा विभाजन गरेर जलपक्षी गणना गरिएको थियो ।

गणनामा संम्लग्न चराविद् तथा गणकहरुले टेलिस्कोप र वाइनाकुलरको सहायताले जलपक्षीको गणना गर्ने गर्दछन् । हिउँदको समयमा साइबेरियासहितको उत्तरी गोलाद्र्धबाट चरा जाडो छल्न नेपालका विभिन्न सिमसार तथा नदीमा आउने भएकाले यो समयमा जलपक्षीको गणना गर्ने गरिएको छ ।

मध्य पुसमा नेपालसहित एशियाका २७ देशका विभिन्न ६ हजार १०० स्थानमा जलपक्षी गणना गर्ने गरिएको बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष रमेश चौधरीले बताए ।

मानवीय क्रियाकलापका कारण नदीमा प्रत्यक्ष असर पर्दा पछिल्लो समय जलपक्षीको बासस्थानमा समस्या उत्पन्न भएको अध्यक्ष चौधरीले बताए । नदीजन्य पदार्थको उत्खनन तथा नदीमा जथाभावी फोहर मिसाइदा जलचराको अस्तित्वसमेत खतरामा परेको उनको भनाइ छ ।
रासस

वि.सं.२०७७ माघ ५ सोमवार १५:२८ मा प्रकाशित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...