back
CTIZAN AD

टोखाको न्यायिक समितिमा २७ उजूरी दर्ता

वि.सं.२०७७ माघ ७ बुधवार

756 

shares

७ माघ, काठमाडौँ । टोखा नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्ष २०७७÷०७८ को छ महिनामा २७ उजूरी दर्ता भएका छन् ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा अधिकांश उजूरी बाटोको विवाद, जग्गाको सीमाना मिचिएकोलगायतका उजूरी दर्ता भएका हुन् । न्यायिक समितिका संयोजक एवम् नगरपालिकाका उपप्रमुख ज्ञानमायाँ डङ्गोलले जग्गाको सिमाना विवाद, बाटोको विवाद, महिला हिंसासम्बन्धी उजूरी न्यायिक समितिमा पर्ने गरेको जानकारी दिइन् । सम्बन्ध विच्छेद, करारनामा कार्यान्वयन, भत्किएको घर टहरा हटाई जग्गा खाली गरीपाउँ भन्नेलगायतका उजूरीसमेत पर्ने गरेका छन् ।

टोखामा आर्थिक वर्ष २०७४/०७५ मा ३१, आव २०७५/०७६ मा ३६, आव २०७६/०७७ मा ३९ उजूरी परेका थिए । आव २०७६/०७७ मा दर्ता भएका ३९ उजूरीमध्ये छ वटा निर्णय गरिएको, आठ मुल्तबीमा रहेको, एक काठमाडौँ जिल्ला अदालतमा पठाएको, नौ मिलापत्र गरिएको र बाँकी १३ वटा कारबाहीको प्रक्रियामा रहेको संयोजक डङ्गोलले बताइन् ।

टोखाको न्यायिक समितिमा उपप्रमुख डङ्गोलको संयोजकत्वमा गोपीकृष्ण पाठक, चन्द्रप्रकाश श्रेष्ठ, दुर्गाप्रसाद अर्याल र सत्यनारायण डङ्गोल सदस्य छन् । सदस्य अर्याल र डङ्गोल कानूनी सल्लाहकारका रुपमा रहेका छन् । नगरपालिकामा आउने उजूरी सबै लिखितरुपमा नै आउने गरेका छन् ।

चालू आवमा न्यायिक समितिमा उजूरी गत वर्षका तुलनामा आउने क्रम बढेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा पर्ने मुद्दाको सुनुवाईका लागि प्रत्येक सोमबार इजलास बस्दै आएको छ । मुद्दाको आवश्यकता हेरेर इजलास बस्ने दिनपनि बढाइने गरेको उपप्रमुख डङ्गोलले बताइन् । टोखा नगरपालिकामा ११ वडा छन् ।
रासस

वि.सं.२०७७ माघ ७ बुधवार १६:०३ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...