back
CTIZAN AD

नेपाल ओपनमा ७ विदेशी निर्णायक

वि.सं.२०७७ माघ ७ बुधवार

717 

shares

७ माघ । नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिता ७ विदेशीसहित १२ निर्णायकले सञ्चालन गर्ने छन् । बाँकी ५ निर्णायक नेपाली रहेको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।

निर्णायकको भूमिका निर्वाह गर्ने विदेशी निर्णायकमा जोर्डनकी रोआ सलिम अब्बास म्याकन, बेल्जियमा अमिर इस्कान्दरी, इन्डोनेसियाका नुरजनाह र रहादेवी नेता, भेनेन्जुएलाका गोन्जालो रोजास लोबो, मेक्सिकोकी मारिया फर्नान्डा तथा ब्राजिलका आन्ड्रे डियोलिभेरा रहेका छन् । नेपाली निर्णायकमा नोर्बु लामा, हीराबहादुर थापा, मिन न्यौपाने, अशोक खड्का र विक्रम खड्गी छन् ।

कोटेश्वर तेक्वान्दो डोजाङ, स्यूचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता माघ १३ र १४ गते कोटेश्वर तेक्वान्दो डोजाङबाट सञ्चालन गरिने छ । प्रतियोगिताको ‘मोस्ट पपुलर प्लेयर’ ले १ सय ५० अमेरिकी डलर तथा उत्कृष्ट पुरुष÷महिला खेलाडीले जनही १ सय अमेरिकी डलर नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा २९ राष्ट्रका करिब १ हजार ३ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता पुम्सेमा ६० र हाइ स्पिड किकमा ३० गरी ९० स्पर्धा समावेश छन् । हाइ स्पिड किकको प्रतियोगिता नेपालमै पहिलो पटक सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।

वि.सं.२०७७ माघ ७ बुधवार १६:०९ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...