८ माघ, काठमाडौँ । बिग ब्यास लिग अन्तर्गत एडिलेड स्ट्राइकर्सका विकेट किपर ब्याट्सम्यान एलेक्स केएरीले सतक जडेका छन । उनीले ब्रिसबेन हिट विरुद्ध ६० बलमा आफ्नो बिग ब्यास लिग करियरको दोस्रो जडेका हुन ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको एडिलेड स्ट्राइकर्सले २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाएको छ । एडिलेडका लागि ब्याटिङ्गमा एलेक्स केयरीले सर्वाधिक १०१ रन बनाएर आउट भएका थिए । १०१ रनको विस्फोटक पारीमा केयरीले १० चौका र ३ छक्का प्रहार गरेको थिए । २०२१ को बिग ब्यास लिगमा यो कुनै खेलाडीले बनाएको पहिलो सतक हो । ब्रिसबेनका लागि बलिङ्गमा भने मानर्श लबुशेनले सर्वाधिक २ विकेट लिएका थिए ।
बिग ब्यास लिगमा आफ्नो छैठौँ जित हासिल गर्नको लागि ब्रिसबेन हिटले २० ओभरमा १९८ रन बनाउनु पर्ने भएको छ ।
वि.सं.२०७७ माघ ८ बिहीवार १५:४३ मा प्रकाशित





























