back
CTIZAN AD

अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सपथ लिँदै

वि.सं.२०७७ माघ ८ बिहीवार

711 

shares

८ माघ, वासिङटन । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।

उनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्टसले सपथ गराएका थिए ।

यसअघि उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसलाई सर्वोच्च अदालतकै न्यायाधीश सोनिया सोतोमायोरले सपथ गराएकी थिइन् ।

कोभिड–१९ र सुरक्षा चुनौतीका कारण राष्ट्रपतिको सपथ कार्यक्रमलाई सामान्य बनाइएको थियो । लाखौं मानिस उपस्थित हुने प्रचलन रहे पनि यसपटक थोरै संख्याका मानिस मात्र समारोहमा उपस्थित थिए ।

उद्घाटन समारोहमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले “आजको दिन प्रजातन्त्रको विजय हो, एउटा आशा र एकताको दिन हो” उनले भने ।

अहिले धेरै काम गर्नुछ, चुनौती धेरै छन्, कोभिड–१९ को ठूलो मूल्य चुकाउनु परेको छ भन्दै बाइडेनले ह्वाइट सुप्रिमेसिस्ट जस्ता तत्वलाई परास्त गरेर मुलुकलाई एकताबद्ध बनाइनेछ भने ।

पूर्व राष्ट्रपति ट्रम्प फ्लोरिडामा
यसैबीच, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोहमा सहभागी समेत नभई ह्वाइट हाउसबाट बुधबार बिहान गृहराज्य फ्लोरिडातर्फ प्रस्थान गरे ।

अमेरिकी इतिहासमा नयाँ राष्ट्रपतिलाई बधाई समेत नदिई बहालवाला राष्ट्रपतिले ह्वाइट हाउस छाडेको समकालीन अमेरिकामा यो पहिलो घटना हो । यद्यपी यसअघि अमेरिकी इतिहासमा तीन पटक सन् १८०१, १८२९ र १८६९ मा यस्तो घटना भइसकेको छ ।

ह्वाइट हाउसबाट अमेरिकी सेनाको हेलिकप्टरबाट ज्वाइन्ट बेस एन्ड्रु पुगेका ट्रम्पले त्यहाँ उपस्थित सानो संख्याका समर्थक र परिवारका सदस्यलाई सम्बोधन गर्दै अमेरिकाको नयाँ प्रशासनले अमेरिकी जनताको भावना अनुसार काम गर्ने विश्वास व्यक्त गरे ।

उनले त्यस समारोहमा पनि नयाँ राष्ट्रपति जो बाइडेनको नाम नलिई आफूले अमेरिकी अर्थतन्त्र उकास्न निरन्तर कार्य गरेको दाबी गर्दै “फेरि भेटौंला” भन्दै विदा लिएका थिए ।

राष्ट्रपतिले सपथ ग्रहण समारोहमा उपस्थित नहुने बताएर हिँडे पनि उपराष्ट्रपति माइक पेन्सले उक्त समारोहमा सहभागिता जनाएका थिए ।

वि.सं.२०७७ माघ ८ बिहीवार १७:०७ मा प्रकाशित

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...