back
CTIZAN AD

होबार्टले पायो १८० रनको लक्ष्य, सन्दिपले लिए २ महत्वपूर्ण विकेट

वि.सं.२०७७ माघ ९ शुक्रवार

786 

shares

९ माघ, काठमाडौँ । बिग ब्यास लिग अन्तर्गत पर्थ स्कोर्चसले होबार्ट हुरिकेन्सलाई जितको लागि १८० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको पर्थ स्कोचर्सले २० ओभरमा ८ विकेट गुमाएर १७९ रन बनाएको छ । पर्थका लागि ब्याटिङ्गमा जश इंगलिसले ३५ बलमा ५८ रनको विस्फोटक पारी खेलेका छन ।

होबार्टका लागि बलिङ्गमा  नेथन एलिसले सर्वाधिक ४ र सन्दिप लामिछानेले २ विकेट हात पारेका छन । सन्दिपले ४ ओभरमा २७ रन खर्चेर विस्फोटक ब्याट्सम्यान लियाम लिभिंगस्टोन र मिचल मार्शको विकेट हात पारेका थिए ।

होबार्टले यस बिग ब्यास लिगमा सातौँ जित हासिल गर्नको लागि २० ओभरमा १८० रन बनाउनु पर्ने भएको छ ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १२:२१ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...