back
CTIZAN AD

बागमती प्रदेशसभाको बैठक आज, के मुख्यमन्त्रिविरुद्वको अविश्वास पास होला ?

वि.सं.२०७७ माघ ९ शुक्रवार

1.2K 

shares

माघ ९, काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज (शुक्रबार) बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक दिउसो १ बजेका लागि बोलाएका छन् ।

आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्व दर्ता अविश्वासको प्रस्ताव टेबुल हुने प्रचण्ड–नेपाल समुहले जानकारी दिएको छ । यसअघि अधिवेशनको पहिलो दिन अविश्वासको प्रस्ताव टेबुल भएको थिएन ।

अधिवेशनको पहिलो दिन सभामुख श्रेष्ठले विना कारण प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगन गरिदिएका थिए । अविश्वासको प्रस्ताव दर्ताका बीच बैठक स्थगन गरिदिएपछि दलहरु आक्रोशित भएका थिए । दलहरुको निरन्तर दबाबका बीच सभामुखले बैठक डाकेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाकै प्रचण्ड(नेपाल समूहका ४५ जना प्रदेश सांसदले गत पुस १० गते प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । १ सय १० सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ५६ जनाको समर्थन चाहिन्छ । तर, अविश्वासको प्रस्ताव दर्ता गराएसँगै मुख्यमन्त्री पौडेल अल्पमतमा परेका छन् ।

१ सय १० सदस्यीय प्रदेश सभामा नेकपाका ८०, कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपाका २, नेमकिपाका २ र स्वतन्त्रबाट १ सांसद छन् ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १३:०० मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...