back
CTIZAN AD

बलेवाका किसानलाई कार्टुन आवश्यकता

वि.सं.२०७७ माघ ९ शुक्रवार

645 

shares

९ माघ, बलेवा । बगानमै सुन्तला खोज्न आउनेले जसोतसो लैजान्छन् तर टिपेर बजार पठाउन किसानलाई सधैँ समस्या हुने गरेको छ । गाउँमै प्रदेश सरकारले बनाएको शीतभण्डार छ । चिसोमा शीतभण्डारमा राखेर गर्मी मौसममा बिक्री गर्दा कसरी बजार पठाउनु ?

बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई सधैँ सुन्तला बजार पठाउन समस्या हुने गरेको थियो । आफैँ कार्टुन बनाउन महँगो पर्ने र दाताको आशामा रहेका किसानले कहिले नगरपालिका त कहिले कृषिसँग सम्बन्धित अन्य सङ्घ संस्थासँग गुहार माग्ने गरेका थिए । बजारमा रु १२० पर्ने कार्टुनमा २० किलोमात्रै सुन्तला अट्छ ।

सिजनमा रु पाँच प्रतिकिलो सुन्तला बिक्री गर्दा किसानको मुनाफा कार्टुनमै सकिने भएकाले आफैँले बनाउन नसकेको गणेश कृषि सहकारीका अध्यक्ष रामबहादुर खड्का बताउँछन् । साविकको कृषि विकास कार्यालयले सुन्तला उत्पादक किसानका लागि ९० प्रतिशत अनुदानमा कार्टुन वितरण गर्दथ्यो ।

सङ्घीयता कार्यान्वयन भएर कार्यालय खारेज भएसँगै किसानले गुहार माग्ने ठाउँ मेटियो । गत आवमा बागलुङ नगरपालिकाले सुन्तलाको बजारीकरणका लागि भनेर दिएको रु तीन लाख अनुदान पनि शीतभण्डारको व्यवस्थापनमा खर्च भएको सहकारीको तथ्याङ्कमा छ ।

गण्डकी प्रदेश सरकारले हरेक जिल्लामा कृषि ज्ञान केन्द्र स्थापनाको निर्णय गरेसँगै बागलुङमा स्थापना भएको ज्ञान केन्द्रले सुन्तला उत्पादक किसानलाई आशाको दियो बालेको छ । पहिले दुई जिल्ला हेर्ने गरी पर्वतमा रहेको ज्ञान केन्द्रमा पहुँच नभएका किसान कार्यालय स्थापनासँगै धाउन थालेका छन् ।

बिहीबार सिगानाका सुन्तला उत्पादक किसानले कार्यालयको तर्फबाट पहिलोपटक राहतको सास फेर्ने गरी सहयोग पाए । साविकको कृषि विकास कार्यालयले सुन्तला उत्पादक किसानकै लागि भनेर तयार पारेको सुन्तला राख्ने कार्टुन किसानलाई दिएको छ ।

झण्डै ७० हजार पर्ने कार्टुन किसानको समस्या देखेर अनुदानमा उपलब्ध गराएको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । “हामीले ७५० थान कार्टुन अनुदानमा दिएका हौँ, पहिले ९० प्रतिशत अनुदानमा दिने विधि थियो”, भट्टराईले भने, “यहाँ थन्किएर बस्ने किसानले दुःख पाउने भएको थियो ।”

किसान आफैँले ढुवानी गर्ने गरी कार्टुन पाएका छन् । सिजनमा शीतभण्डारमा राखेका सुन्तला बेसीजनमा बजार पठाउन कार्टुनले सहयता गर्ने अध्यक्ष खड्काले बताए ।

“देख्दा सानो तर हामी किसानका लागि ठूलो सहयोग हो”, उनले भने, “एक पटक प्रयोग भएपछि सकिने वस्तु बनाइराख्न किसानलाई कठिन हुँदो रहेछ ।’ सिगानामा फलेको सुन्तलालाई बागलुङको परिचय दिने गरी बजार पठाउन सहज हुने उनको बुझाइ छ । रासस

वि.सं.२०७७ माघ ९ शुक्रवार १३:१४ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...